नेपाल बङ्गलादेशसँग पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
२४ पटक हेरिएको
Shares
नेपाल बङ्गलादेशसँग पराजित

सारांश

  • बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ ।
  • ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो ।
  • नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।

बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।

यस जितसँगै लगातार तेस्रो जित निकालेको बङ्गलादेश समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि बङ्गलादेशले हङकङ र भारतलाई पराजित गरेको थियो । बङ्गलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९ रनको योगदान दिए । छपन्न बल खेल्दै उनले दुई छक्का र छ चौका प्रहार गर्दै अविजित ५९ रनको योगदान दिएका हुन् ।

त्यस्तै बङ्गलादेशका अर्का ब्याट्सम्यान मोहमद्द नाइमले ४५, यसिर अलीले १८ तथा सोम्य सरकारले ११ रनको योगदान दिए । बलिङतर्फ नेपालका सोमपाल कामी र सुसन भारीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले नौ, विनोद भण्डारीले आठ, उपकप्तान दीपेन्द्र सिंह एरीले छ तथा शरद भेषवकरले एक रन जोडे ।

बलिङतर्फ बङ्गलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३÷३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले दुई÷दुई विकेट लिए । हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना भने न्यून भएको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको थियो ।

विभिन्न आठ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, बङ्गलादेश र हङकङ छन् । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
जडीबुटी जाम हटाउन लेन थपिँदै
जडीबुटी जाम हटाउन लेन थपिँदै
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा
एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा
८० जना न्यायाधीश विरुद्धको आज सर्वोच्च अदालतमा सुनुवाई
८० जना न्यायाधीश विरुद्धको आज सर्वोच्च अदालतमा सुनुवाई
रियल म्याड्रिडलाई धक्का, एट्लेटिकोसँग अंक बाँड्यो
रियल म्याड्रिडलाई धक्का, एट्लेटिकोसँग अंक बाँड्यो
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

तपाईंले छुटाउनुभयो कि?