राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण

सारांश

  • काठमाडौँ, १ मंसिर ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरेको आरोप लगाउनुभएको छ ।
  • काँग्रेसको केन्द्रीय मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित बुद्धिजीवीसँगको भेटघाट कार्यक्रममा नेता खाँणले मुलुकको कुनै एक भू–भागमा बस्ने नागरिकलाई अपमानित गरी विदेशीसँग जोडेर भड्काउँदा राष्ट्र झन कमजोर हुने बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “भौगोलिक, जातीय, सांस्कृतिक र धार्मिक विविधता बोकेको हाम्रो जस्तो मुलुकमा सबैलाई समेट्न सकेमात्र राष्ट्रियता बलियो हुन्छ ।

काठमाडौँ, १ मंसिर ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरेको आरोप लगाउनुभएको छ ।

काँग्रेसको केन्द्रीय मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित बुद्धिजीवीसँगको भेटघाट कार्यक्रममा नेता खाँणले मुलुकको कुनै एक भू–भागमा बस्ने नागरिकलाई अपमानित गरी विदेशीसँग जोडेर भड्काउँदा राष्ट्र झन कमजोर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भौगोलिक, जातीय, सांस्कृतिक र धार्मिक विविधता बोकेको हाम्रो जस्तो मुलुकमा सबैलाई समेट्न सकेमात्र राष्ट्रियता बलियो हुन्छ ।” अतिवादी सोच र व्यवहारले मुलुकलाई विखण्डनतिर डो¥याउने खतरा रहेको औँल्याउँदै नेता खाँणले भन्नुभयो, “पार्टीको स्थापनाकालदेखि नै काँग्रेसले मुलुकको विविधतालाई समेटर सबै पक्षलाई जोड्ने काम गर्दै आएको छ ।”

कार्यक्रममा प्राध्यापक केशवानन्द गिरीले कम्युनिष्टको समाजवाद सम्पन्नलाई विपन्न बनाएर कायम हुने र काँग्रेसको लोकतान्त्रिक समाजवादले गरिबलाई सम्पन्न बनाएर समाजवाद कायम गर्ने बताउनुभयो ।

डा लोक भट्टराईले कम्युनिष्ट दलले ५० वर्ष शासन गर्ने सार्वजनिक गरेको अभिष्ट नै अधिनायकवादको जड भएको बताउँदै स्वतन्त्रताप्रेमी नेपाली जनता अधिनायकवादको पक्षमा जानै नसक्ने ठोकुवा गर्नुभयो ।

प्राध्यापक डा गोविन्दमान सिंह कार्कीले कम्युनिष्ट दलले साम्यवादको कुरा उठाएकाले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन काँग्रेसका लागि सहज हुने धारणा व्यक्त गर्नुभयो ।

पूर्वप्रशासक तथा लेखक जैनेन्द्र जीवनले काँग्रेसले ल्याएका आर्थिक विकास र समृद्धिका विषय मुलुकका लागि सान्दर्भिक भएको बताउनुभयो ।

कार्यक्रममा डा उद्धव प्याकुरेलले दोस्रो संविधानसभामा काँग्रेस सबैभन्दा ठूलो दल भएपछि मात्र मुलुकले संविधान पाएको बताउँदै काँग्रेसप्रति जनता आश्वस्त र विश्वस्त हुने पर्याप्त आधार भएको उल्लेख गर्नुभयो ।

पूर्वराजदूत डा जयराज आचार्यले कम्युनिष्ट दलले संविधानको प्रस्तावना फेर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा ल्याउने र ५० वर्ष शासन गर्ने कुरा ल्याएर अधिनायकवादतर्फ जाने उद्घोष गरेकाले लोकतन्त्रवादी र स्वतन्त्रताप्रेमी नेपालीको मत काँग्रेसमा आउने बताउनुभयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, प्रा देवकुमारी गुरुङ, प्राध्यापक पञ्चनारायण महर्जन लगायतले कम्युनिष्ट दलको अधिनायकवादका विरुद्धमा जनमत सिर्जना गर्न काँग्रेसलाई सहज भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ambar Rai

    इस साले चाेर बरु मलाइ चाेर्नु कम्युनिष्टले दिदैन भन्न लाज सराम पचेका चाेर हरु

    Comment Author

    Pokharel Raj

    हरे ! यस्ता पागल लाई किन यस धर्ती मा जन्म दियौ भगवान ? आफ्नो आङ्ग मा भैंसी चेरेको न देख्ने ???? अर्काको आङ्ग मा भुसुना देख्ने ????? कस्तो खालको हनुमान रैछ हो ईन्डिया को दलाल।

    Comment Author

    Dhurba Dhurba

    कम्युनिस्ट ले त बिकास काे लहरनेे ल्याय जस्ताेछत हेेनर?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
सानो भर्याङमा ट्याक्सी र कार ठोकियो, एकको मृत्यु, ४ घाइते
सानो भर्याङमा ट्याक्सी र कार ठोकियो, एकको मृत्यु, ४ घाइते
श्रीलंकन बलर मेन्डिसले लिए सन्यास
श्रीलंकन बलर मेन्डिसले लिए सन्यास
के के पाउँदै छन् त आज बिदा हुने सांसदले ?
के के पाउँदै छन् त आज बिदा हुने सांसदले ?
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु
माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु

तपाईंले छुटाउनुभयो कि?