किन आन्दोलित बन्दैछन् अरब मुलुकका महिला ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
किन आन्दोलित बन्दैछन् अरब मुलुकका महिला ?

सारांश

  • अधिकाँश इस्लामिक राष्ट्रमा महिलाको अवस्था दयनीय रहेको छ ।
  • ती राष्ट्रका महिलालाई घर भित्र रहनु पर्ने र बाहिर निस्कदा हिजाब पहिरिनु पर्ने बाध्यता छ ।
  • इस्लाम महिलाले शिर ढाक्ने कपडा अथवा स्कार्फलाई हिजाब भन्ने प्रचलन रहेको छ ।

अधिकाँश इस्लामिक राष्ट्रमा महिलाको अवस्था दयनीय रहेको छ । ती राष्ट्रका महिलालाई घर भित्र रहनु पर्ने र बाहिर निस्कदा हिजाब पहिरिनु पर्ने बाध्यता छ । इस्लाम महिलाले शिर ढाक्ने कपडा अथवा स्कार्फलाई हिजाब भन्ने प्रचलन रहेको छ । तर, पछिल्लो समय इरानी महिलाहरु सार्वजनिक स्थानमा हिजाब निकालेर प्रदर्शन गरिरहेका छन ।

जनवरी महिनामा इरानको राजधानी तेहरानस्थित तेहरान सेन्टरमा सरकार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा विडा मोहावेद नाम गरेकी एक महिलाले हिजाब खोलेर प्रदर्शनमा सहभागी भएकी थिइन । इरानी अधिकारीहरुले तत्कालै उनलाई गिरफ्तार गरेको थियो । इरानमा सार्वजनिक स्थलमा महिलाले अनिवार्य रुपमा हिजाब लाउनु पर्ने कानुन छ ।

तर विडाले हिजाब खोलेर गरेको प्रदर्शनलाई त्यहाँका महिलाले साथ दिएका छन । अहिले उनीहरु चौक चौकमा हिजाब खोलेर प्रदर्शनमा उत्रेका छन । र यसरी गरिएको प्रदर्शनलाई उनीहरुले द गर्ल अफ रेभुलुसन स्ट्रीट ह्यास टयाग सहित सामाजिक सञ्जालमा राखेका छन । कतिपयले फ्रि विडा, इरान प्रोटेस्ट, फ्री इरान र सिम्बल अफ होप ह्यास ट्याग सहित सामाजिक सञ्जालमा आफनो तस्वीर पोष्ट गरेका छन ।

पछिल्लो समय इस्लाम राष्ट्रका महिलाहरु पनि स्वतन्त्रता र अधिकारको माग गर्दै आन्दोलन थालेका छन । यसैको परिणामा हो, केही दिन अघि साउदी अरबले महिलालाई सवारी साधन चलाउने अधिकार दिएको थियो ।।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sabi Kharel

    very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?