पाकिस्तानमा १७ सय वर्ष पुरानो बुद्ध मुर्ति भेटिएपछि

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पाकिस्तानमा १७ सय वर्ष पुरानो बुद्ध मुर्ति भेटिएपछि

सारांश

  • पाकिस्तानको खैबर पख्तुन ख्वाहको भामलामा भगवान बुद्धको एउटा प्राचिन मुर्ती फेला परेको छ ।
  • १७ सय वर्ष पुरानो मुर्ती फेला परेपछि पाकिस्तान कुनै समय बौद्ध धर्मावलमबीको पवित्र थलो रहेको प्रमाणित भएको छ ।
  • उत्खननको क्रममा भेटिएको यो मुर्ती १४ मिटर लामो छ ।

पाकिस्तानको खैबर पख्तुन ख्वाहको भामलामा भगवान बुद्धको एउटा प्राचिन मुर्ती फेला परेको छ । १७ सय वर्ष पुरानो मुर्ती फेला परेपछि पाकिस्तान कुनै समय बौद्ध धर्मावलमबीको पवित्र थलो रहेको प्रमाणित भएको छ । उत्खननको क्रममा भेटिएको यो मुर्ती १४ मिटर लामो छ । भगवान बुद्धको महा परिनिर्वाण मुद्रामा रहेको यो मुर्ती विश्वमा भेटिएको बुद्धको मुर्ती मध्ये सबै भन्दा पुरानो मानिएको छ । तेस्रो शताब्दीको यो मुर्ती कन्जुर ढुंगाले बनेको छ । मुर्तीसँगै भगवान बुद्ध र बुद्ध धर्म संबन्धि पाँच सय वटा भन्दा बढी पुरातात्विक बस्तुहरु भेटिएका छन ।
यस क्षेत्रमा पहिलो पटक उत्खनन कार्य बेलायतका पुरातत्व विज्ञ जोन मार्सलले गरेका थिए । सा १९२९ बाट उत्खन्न शुरु गरे यता त्यहाँ बुद्ध धर्म संबन्धि सयौं सामग्री फेला परेको छ ।

 
मौर्य सम्राट असोक बुद्ध धर्मको प्रचारको क्रममा खैबर पख्तु ख्वाह समेत पुगेका थिए । त्यती बेला पाकिस्तान बौद्ध धर्मावलम्बीको गढ नै मानिन्थ्यो । तर, २० करोड जनसंख्या भएको वर्तमान पाकिस्तनामा बौद्ध धर्मावलम्बीको संख्या घटेर एक– दुईको हाराहारीमा मात्र रहेको छ । खासगरी पाकिस्तानको उत्तर पश्चिमी इलाकामा बसोवास गर्दै आएका कट्टरपन्थी मुसलमानहरुले अरु धर्मको दस्तावेजलाई नष्ट गर्दै आएको छ । उता, पाकिस्तानमा बुद्धको प्राचिन मुर्ती फेला परेपछि क्रिकेटर एवं नेता इमरान खानले खुसी व्यक्त गरेका छन । उनले विश्वका बुद्ध धर्मावलम्बीलाई यसले आकर्षित गर्ने समेत बताएका छन ।

(https://conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?