किन सर्यो जापानी राजकुमारीको विहे ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
किन सर्यो जापानी राजकुमारीको विहे ?

सारांश

  • जापानी राजकुमारीको पूवनिर्धारित विवाह मिति पछाडि सारिएको छ ।
  • जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई वर्षपछि गर्ने गरी सारिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
  • सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच विवाह हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो ।

जापानी राजकुमारीको पूवनिर्धारित विवाह मिति पछाडि सारिएको छ । जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई वर्षपछि गर्ने गरी सारिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच विवाह हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो ।

जापानकी राजकुमारी माकोले एक आम जापानी नागरिकसँग विवाह गर्न लागेका हुन् । राजकुमारीले विवाहका लागि शाही खानदान नै त्यागेर साधारण मानिससँग विवाह गर्न लागेकी हुन् । जापानका सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले विवाहको घोषणा सार्वजनिक गरेकी थिइन् । उनको घोषणासँगै विवाहको लामो प्रक्रिया पनि सुरु भएको थियो । राजकुमारीको शाही दर्जा पनि सकिएको बताइएको छ ।

जापानको विवादित कानुनका अनुसार राजपरिवारको महिला सदस्यले आम नागरिकसँग विवाह गरेमा आफ्नो शाही दर्जा गुमाउनु पर्नेछ । तर कोही पुरुष सदस्यले त्यसो गरेमा पनि उसको शाही दर्जा भने कायमै हुनेछ । राजकुमारी माकोका २५ वर्षका प्रेमी कोमूरो एउटा पुरानो कानूनी फर्ममा काम गर्छन् । एउटै विश्वविद्यालयमा अध्ययनको समयमा उनिहरुको भेट भएको थियो । २५ वर्षकी राजकुमारी माको राजकुमार फूमीहीतोकी सबै भन्दा ठूली छोरी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?