शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २, २०७७
|
|
३२ पटक हेरिएको
Shares
शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज

सारांश

  • लायन्स क्लब अफ नेपाल शेर्पाजको आयोजनामा यही शनिवार काठमाडौँको बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम हुने भएको छ ।
  • क्लबले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको क्लबकी अध्यक्ष पासाङ (छेल्हामू) शेर्पाले बताइन् ।
  • शनिबार विहान ९ बजेदेखि बौद्ध कोरामा रक्तदान कार्यक्रम हुँदैछ ।

लायन्स क्लब अफ नेपाल शेर्पाजको आयोजनामा यही शनिवार काठमाडौँको बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम हुने भएको छ । क्लबले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको क्लबकी अध्यक्ष पासाङ (छेल्हामू) शेर्पाले बताइन् ।

शनिबार विहान ९ बजेदेखि बौद्ध कोरामा रक्तदान कार्यक्रम हुँदैछ । कार्यक्रममा सहभागि भई रक्तदान जस्तो पवित्र कार्यमा सहभागि भई पुण्य आर्जन गर्न क्लब अध्यक्ष शेर्पाले अनुरोध गरिन् । रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डु रेज, लायन्स क्लब अफ काठमाडौँ रिजेन्सी, लायन्स क्लब अफ भक्तपुर, लायन्स क्लब अफ नेपाल सेभ हिमालय, लायन्स क्लब अफ काठमाण्डु फेलोसिप, लायन्स क्लब अफ काठमाण्डु सनराइज, लायन्स क्लब अफ काठमाण्डु पायोनियर संयुक्त आयोजक रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?