दलाई लामाका कारण गोरखापत्रमा कसरी भूइचालो गयो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • नेपाली पत्रकारिता क्षेत्र विशेषतः सरकारी सञ्चारमाध्यममा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा सम्बन्धी समाचारका कारण आतङ्कित हुँदै आएका छन् ।
  • पछिल्लो पटक दलाई लामा सम्बन्धी समाचार झण्डै छापिएको प्रकरणमा सरकारी मुखपत्र गोरखापत्र दैनिक समेत छानविनमा परेको छ ।
  • दिल्लीमा रहेका दलाई लामा गम्भीर बिरामी भएर अस्पताल भर्ना भएको र उपचारपछि घर फर्किएको राससको समाचार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा रहेको समयमा गोरखापत्रमा समेत प्रकाशनको तयारी भएर फाइनल पेज हेर्दादेखेपछि प्रधान सम्पादक श्रीओम श्रेष्ठले आउट गरेका थिए ।

नेपाली पत्रकारिता क्षेत्र विशेषतः सरकारी सञ्चारमाध्यममा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा सम्बन्धी समाचारका कारण आतङ्कित हुँदै आएका छन् । पछिल्लो पटक दलाई लामा सम्बन्धी समाचार झण्डै छापिएको प्रकरणमा सरकारी मुखपत्र गोरखापत्र दैनिक समेत छानविनमा परेको छ । दिल्लीमा रहेका दलाई लामा गम्भीर बिरामी भएर अस्पताल भर्ना भएको र उपचारपछि घर फर्किएको राससको समाचार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा रहेको समयमा गोरखापत्रमा समेत प्रकाशनको तयारी भएर फाइनल पेज हेर्दादेखेपछि प्रधान सम्पादक श्रीओम श्रेष्ठले आउट गरेका थिए । समाचार स्रोतका अनुसार, गोरखापत्रको सञ्चालक समितिका सदस्य समेत रहेका शम्भु प्रसाईको जिम्मा रहेको अन्तराष्ट्रिय पृष्ठमा दलाई लामा सम्बन्धी समाचार प्रकाशनका लागि समावेश गरिएको थियो ।

स्रोतका अनुसार, यस प्रकरणमा गोरखापत्रका कानूनी सल्लाहकार कुमार भट्टराईको संयोजकत्वमा नवौ तहका नायब कार्यकारी सम्पादक नारायण उपाध्याय र नयाँ कानून अधिकृत नरेश बटला रहेको छानबिन समिति गठन गरिएको छ । २–३ महिनाअघि मात्र गोरखापत्रमा प्रवेश गरेका कानून अधिकृत नरेशकुमार बटालालाई हाल खरीद शाखामा सरुवा गरिएको छ ।

त्यसो त नेपाल सरकारले दलाई लामा, तिब्बत मामिला, भारत तथा पाकिस्तान अधीनस्थ काश्मीरलगायतका विषयहरूलाई संवेदनशील विषयका रूपमा लिँदै आएको पाइन्छ । यसलाई सरकारी सञ्चारमाध्यमहरूले समेत विवादस्पद समाचार नदिने नीति अपनाउँदै आएका छन् ।

यसअघि दलाई लामा सम्बन्धी समाचार प्रकरणमा रासस समेत मुछिएको थियो । सो सम्बन्धी प्रकरणमा बोर्ड सदस्य डिल्लीराम भट्टराईको संयोजकत्वमा उपमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, प्रशासनका उत्तम सिलवाल र पहिलेका सम्पादक हाल जगेडामा थन्क्याइएका राजु शाक्य रहेको छानबिन समिति बनाइएको थियो ।

सो समितिले सोही प्रकरणमा रासस अंग्रेजी डेस्कका पत्रकारहरू मोहिनी रिसाल, सोमनाथ लामिछाने र जीवन भण्डारीलाई २०७६ वैशाख २३ गते २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनीहरूले सोही बमोजिम २४ घन्टे स्पष्टीकरण समेत बुझाएका थिए । भट्टराई संयोजक रहेको छानविन समितिले के प्रतिवेदन दियो र के कारवाही हुृँदैछ ? थाहा भएको छैन । साँघुन्यूजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?