कुमारी बैंक र टाइटन जिम एण्ड फिटनेसबीच सम्झौता

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३, २०७७
|
|
१४ पटक हेरिएको
Shares
कुमारी बैंक र टाइटन जिम एण्ड फिटनेसबीच सम्झौता

सारांश

  • कुमारी बैंक लिमिटेड र टाइटन जिम एण्ड फिटनेस सेन्टरबीच सम्झौता भएको छ ।
  • बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न क्रियाकलापमा सहुलियत दिने उद्देश्यले फिटनेस सेन्टरसँग सम्झौता गरेको जनाएको छ ।
  • दुई संस्थाबीच भएको सम्झौतापछि बैंकका ग्राहकले टाइटन जिम एण्ड फिटनेसको मासिक सदस्यतामा ५ प्रतिशत, त्रैमाससम्मका सदस्यले १० प्रतिशत, अर्धवार्षिक सदस्यले १५ प्रतिशत तथा वार्षिक सदस्यले ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न गर्न सक्छन् ।

कुमारी बैंक लिमिटेड र टाइटन जिम एण्ड फिटनेस सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न क्रियाकलापमा सहुलियत दिने उद्देश्यले फिटनेस सेन्टरसँग सम्झौता गरेको जनाएको छ ।

दुई संस्थाबीच भएको सम्झौतापछि बैंकका ग्राहकले टाइटन जिम एण्ड फिटनेसको मासिक सदस्यतामा ५ प्रतिशत, त्रैमाससम्मका सदस्यले १० प्रतिशत, अर्धवार्षिक सदस्यले १५ प्रतिशत तथा वार्षिक सदस्यले ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न गर्न सक्छन् ।

बैंकले आफ्ना सेवाग्राहीहरुले कुमारीपाटीस्थित टाइटन जिम एण्ड फिटनेस सेन्टरमा सदस्यता लिएर यसबाट सुविधा लिन सक्ने बैंकले विश्वास गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?