एमाले माओवादी एकता प्रतिवेदन तयार हुँदै
सारांश
- काठमाडौँ, १२ चैत, नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अघि बढेको छ ।
- पार्टी एकताका लागि राजनीतिक प्रतिवेदन बनाउने जिम्मा पाएको कार्यदलले पर्सि बुधबारसम्म मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।
- एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको हिजो आइतबार बैठक बसी मस्यौदामाथि छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
काठमाडौँ, १२ चैत, नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अघि बढेको छ । पार्टी एकताका लागि राजनीतिक प्रतिवेदन बनाउने जिम्मा पाएको कार्यदलले पर्सि बुधबारसम्म मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको हिजो आइतबार बैठक बसी मस्यौदामाथि छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए । कार्यदलले प्रतिवेदनका लागि मसिनो ढंगले छलफल गर्दै प्रक्रिया अघि बढिरहेको उनको दाबी छ ।
“मस्यौदामाथि दुवै पक्षले आआफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्य दलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ” नेम्वाङले भने,
एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त, सुवास नेम्वाङ र माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेल रहेका छन्।
प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउने र दुवै पार्टीका नेताले सार्वजनिक एकता घोषणा गर्ने बताइएको छ । दुवै पार्टी पार्टीका नेताले छिटो एकता टुंगाउने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
प्रतिक्रिया