के भने देउबाले ओलि को निर्वाचन क्षेत्र झापा पुगेर ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
३८
|
२० पटक हेरिएको
Shares
के भने देउबाले ओलि को निर्वाचन क्षेत्र झापा पुगेर  ?

सारांश

  • प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीले नेपालमा तानासायी व्यवस्था लाद्न खोजेको बताएका छन् ।
  • एमाले र माओवादीले गठबन्धन गरेर मुलुकको संविधान समाप्त पार्न खोजेको उनको आरोप छ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ स्थित गौरादहमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताका अधिकार खोस्ने नियतका साथ एमाले र माओवादीले गठबन्धन गरेको बताए ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीले नेपालमा तानासायी व्यवस्था लाद्न खोजेको बताएका छन् । एमाले र माओवादीले गठबन्धन गरेर मुलुकको संविधान समाप्त पार्न खोजेको उनको आरोप छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ स्थित गौरादहमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताका अधिकार खोस्ने नियतका साथ एमाले र माओवादीले गठबन्धन गरेको बताए ।

ओलीको निर्वाचन क्षेत्रमा पुगेर कांग्रेस सभापति देउवाले कम्युनिष्टलाई मतदान नगर्न मतदातासँग अपील गरे । देउवा हेलिकप्टर लिएर वरिष्ठ नेता रामचन्द्र पौडेलका साथ ओलीको निर्वाचन क्षेत्रमा पुगेका थिए । केही दिनअघि एमाले अध्यक्ष ओलीले पनि डडेल्धुरास्थित देउवाको निर्वाचन क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै वाम गठबन्धनका लागि मत मागेका थिए ।

त्यसको ४ दिनपछि देउवा पनि ओलीको निर्वाचन निर्वाचन क्षेत्र आएर लिखित मन्तव्य राख्दै कांग्रेसका लागि भोट मागेका हुन् । देउवाले मन्तव्य राखेको मञ्चदेखि दायाँपट्टिको घरमा एमाले अध्यक्ष ओलीको तस्विरसहितको ठूलो चुनावी व्यानर प्रष्टै देखिन्थ्यो ।

मुलुक विभाजन गर्न खोजेको आरोप

आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासनमा लेख्न, बोल्न र संगठित रुपमा आफ्ना मुद्दा उठाउन नपाइने पनि जिकिर गरे । प्रधानमन्त्री देउवाले वाम गठबन्धनमा आवद्ध दलहरुले मुलुक विभाजन गर्न खोजेको भन्दै यसतर्फ जनता सचेत हुनुपर्ने बताए । उनले संविधान उल्ट्याउन खोज्ने राजनीतिक शक्तिविरुद्ध उत्रिनु अहिलेको आवश्यकता भएको भन्दै मतदानअघि एकपटक विचार गर्न मतदातालाई अपील पनि गरे ।

‘गठबन्धनले मधेशी र पहाडीबिच लडाईं गराउन खोज्दैछ,’ प्रधानमन्त्रीले भने, ‘कांग्रेसले ७ सालदेखि लोकतन्त्र र प्रजातन्त्रका लागि लड्यो, लोकतन्त्र र प्रजातन्त्र ल्यायो, अब तपाईंहरुले लोकतन्त्र रोज्ने कि अधिनायकवाद रोज्ने ?’

झापाका लागि देउवाका योजना

उनले झापाका बाढीपीडितका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ बराबरको आवासको घोषणा गरे । १० हजार रुपैयाँ बराबरको कपडा, २ हजार रुपैयाँ बराबरको मल बीउ तथा निःशुल्क स्वास्थ्य शिविर र काठ दाउराको व्यवस्था गरिने उनले घोषणा गरे ।

रतुवा, सिस्ने र मावा खोलाको बाढी नियन्त्रण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ । रवी–चिसापानी सडक चौडा बनाउने, हुलाकी राजमार्ग तीव्र रुपमा अगाडि बढाउने, आदिवासी जनजाति रंगशाला बनाएरै छाड्ने उनले दाबी गरे ।

वाम गठबन्धनको औचित्य सकियोः पौडेल

सभामा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा वाम गठबन्धनको औचित्य नभएको दावी गरे । उनले गठबन्धनभित्र अन्तरद्वन्द्व चर्किएको भन्दै यो अनिष्टको संकेत भएको बताए ।
हरेक वर्ष बाढी आएर पीडामा रुमल्लिने झापा एमाले अध्यक्ष ओलीको ‘वादवाण’मा पनि प्रताडित हुने गरेको पौडेलले बताए । कांग्रेसले वाम गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्ने उनको दाबी थियो ।

‘गठबन्धनले नेपाललाई फेरि साम्यवादी जञ्जिरमा लाने प्रपञ्च रच्दैछ,’ नेता पौडेलले भने, ‘गठबन्धनतिर लागेर ओलीजीले पनि आफ्नो औचित्य समाप्त पार्नुभयो ।’ गठबन्धनले सत्तालाई निरंकुशतातर्फ लैजाने तयारी गरिरहेको पौडेलको दाबी थियो ।

‘दुई तीहाई बहुमत ल्याएर १० वर्षभित्र मुलुकमा साम्यवाद ल्याउने भन्दैछन्,’ पौडेलले प्रश्न गर्दै भने, ‘नेपाललाई फेरि कहाँ लैजान खोजेको रु कुन साम्यवाद ल्याउन खोजेको रु’ ४ जना कम्युनिष्ट प्रधानमन्त्री भएर पनि मुलुकलाई संविधान दिन नसकेको पौडेलले बताए ।
झापाका बाढीपीडित, किसान, सुकुम्बासी, मजदुरको समस्या समाधान कांग्रेसले गर्ने पौडेलको भनाइ थियो । नेता पौडेलले कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरेका छन् ।

ओलीलाई गाली

पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पुग्नुअघि सभालाई कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए । सभामा बोल्ने सबै वक्ताले एमाले अध्यक्ष ओलीको तीव्र आलोचाना गरे ।

कार्यक्रममा पदम पौडेल, फूलवती राजवंशी, ढुण्डीराज भण्डारी, रोहितकुमार साह, दिलीप वान्तवा राई, सुरेश सुब्बा, भारतेन्दु मल्लिक, क्षेत्र नम्बर ५ ‘क’ का कांग्रेसका प्रदेशसभा उम्मेदवार अनिल प्रसाईं, ५ ‘ख’ का उम्मेदवार राजन ढुंगानालगायतले बोलेका थिए । वक्ताहरुले ओलीले मन लागेजति सबै बोल्न थालेको आरोप लगाए । आफ्नै निर्वाचन क्षेत्रमा केही गर्न नसक्नेले मुलुक बनाउने सपना बाँढिरहेको उनीहरुको भनाइ थियो ।

सो क्षेत्रका कांग्रेस उम्मेदवार डा। खगेन्द्र अधिकारीले आफू विश्वविद्यालयमा पढाउने प्राध्यापक भएर पनि पेशा छाडेर मुलुक बनाउने संकल्पका साथ राजनीतिमा आएको बताए । ‘चुनावी प्रतिष्पर्धामा आएको छु, ओलीजीको जस्तो तल्लो स्तरको गाली म कसैलाई पनि गर्दिनँ,’ उनले भने, ‘ओलीजीमा धेरै घमण्ड पलाएको छ ।’ सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले कांग्रेसले मात्र मुलुकलाई सम्बृद्ध बनाउने अठोट व्यक्त गरे ।

नयाँपत्रीका बाट!

प्रतिक्रिया

38 कमेन्ट

    Comment Author

    Krishna Sapkota

    ठिक कुरा हो वलि जस्तो हावा होइनन काग्रेसको नेताहरु

      Comment Author

      Krishna Thakuri

      भारतीय दलाल देखि भ्रष्टाचारी नेता पनि छैन ने क पा एमालेमा

      Comment Author

      Indra Giri

      Tyo chor party kangresh indian ko dalai aba kangresh le desh becha x

      Comment Author

      चाहिन्दैन मलाई कसैको माया

      right indra giri

      Comment Author

      Yam Kumar Katuwal

      होर हावा कीन हुन्थे भर्टचारी मात्र हुन के बेकारमा तातो छारो गफ दीन्छउ हो कसैले नदेखे नजाने काग्रेज होर यत्रो साल के गरे नेताले

    Comment Author

    Hari Kharel Nirdosh

    देउपा बास्तबिक् नेपालको असल् सुपुत्र हुन् हाबा कुरो जान्दैन

      Comment Author

      Ishor Kunwar

    Comment Author

    Hari Prasad Adhikari

    ओलीलाइ भोट हालेर चौवीसै घण्टा
    ऊखान सुन्नेकी अरुलाइ भोट दिएर
    बीकाश रोज्ने ।

      Comment Author

      Indra Giri

      Tehi bhayara hola 9 mahina pardhan mantiri hund yati ramro kam gareko kp oli le

      Comment Author

      Indra Giri

      Kangresh k garyo

      Comment Author

      Indra Giri

      Indian ko dalai kangresh

      Comment Author

      Indra Giri

      India le sut bhane sutne utha bhane utne kangresh ho kp oli hasto hunu parchha pardhanmantiri

      Comment Author

      Bidur Khatiwada

      यो नेपाली जनता र मोदीको लडाई जस्तो छ

      Comment Author

      Bijay Amgain

      Indra Giri k k gareka chau hami Cangress harule India ko dalali tapai sanga list cha, khojnus ra bhannus ki tapai kaag le kaan lago bhanda kaan nachami kaag ko pachadi daudi rahanu bhako ta chaina? Yo Des ko madhesh ka maag haru lai sath diyeko ma bhaneko ho bhane ti madhesh ma basne Janta ra madesh Nepali ra Nepal ho bhannu galat ho ra?

    Comment Author

    Bharat Bhattarai

    Deubako bolilai thhekan lauxan olile

      Comment Author

      Indra Giri

      Good

      Comment Author

      Indra Giri

      Sahi kura ho tapai ko

    Comment Author

    यात्रा रहेछ जिन्दगी

    oli lai hawa vnne haru npl ko bikash nachahane haru hun

    Comment Author

    Indra Giri

    Jole desh banaucha teslai naramro bhanne manche haru

    Comment Author

    Indra Giri

    Kp oli le gareko chaina ko rel deuba le rokhe ko chha kina rokyo deubale thaha chha tapai lai ?
    India le rokh bhanyo deuba lai tesaile ho

      Comment Author

      Khushilal Chaudhry

      कुरा चाहिँ १००% सहि भन्नु भो…… 🙂

    Comment Author

    Indra Giri

    Padeko manche bujeko manche ho nepali ko choro chori ho bhane kangresh ko pata sab gare matra desh ko bikash hunch

    Comment Author

    Indra Giri

    Sabai party lai rojnu maobadi lai raparba lai, janamorcha lai, bibeksil lai amala lai,(tara kangresh lai pata sab garaunu hai nepali daju didi haru)taba matra desh ko bikash hunchha

    Comment Author

    Devendra Mishra

    झापापुगेर छेरबादुरभने अबदेश काे बिकास गर्नु छ भने सुर्य मा भाेट हाल्नुस

    Comment Author

    Ram Adhikari Chhetri

    Maile ta boleko bujine

    Comment Author

    Ganesh Gotame

    शेर बाहादुर ले कुन किताब पडे छन एमाले र माअाेबादि गठबनधन गर्दा साम्मेबाद आउछ यो देश मा अब चुनाब हुदैन भन्छन बा

    Comment Author

    Rohan Thapa

    अब बौलाउछ सेरे

    Comment Author

    Krishna Sapkota

    अरुको बोलिमा खिल्ली उडानेको अर्को जुनिमा लाटो बनिहालेस

    Comment Author

    Ram Chandra Khanal

    Boleko nae bujedain

    Comment Author

    Pirthibi Gurung

    CONGRESS LE MATDATA BHARATKO BIHAR DEKHI LYAYARA VOTE HALE PANI JITHUNDAINA JATI KUKUR BHUKE PANI AKHIRI TESLE GUHU KHANCHA CONGRESS ko PANI TEHI HALAT HUNCHA

    Comment Author

    Durga Khadka

    बाेहुलाऐ छ सेरे

    Comment Author

    Sudan Karki

    Oli rw prachand ko desko lagi khi sochai xaina

      Comment Author

      Jash Chy

      Kangress le tw 2 patak bahumat ko sarkar lyaer pani desh lai k garyo r?tyasaile soch banayeko kura kangress lai sunaudai hidne ho r?

    Comment Author

    Yam Kumar Katuwal

    बोलेको नै बुजीएन रे के भनो भने नी बरू उर्दुमा भनेको भै हुन्थ्यो आर्जुसग बीहे गरे नेवारी भासामापो भासन गरेजसेतो लागोरे नबुजे पछी तै त हो

    Comment Author

    Ramesh Honest Nepali

    Fraud NC pro indian political party, mainly indian are cader of the party, blind n deaf nepalese are suporter

    Comment Author

    Samsher Khatri

    ओलिको गाउँमा चाहिँ लिखित भासण । वाफरे वाफ

    Comment Author

    Bhim Limbu

    P. M. deuba aafani chetar bata ta chunab harane nisachita vaisake ko xa…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 38
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?