कैलालीको टिकापुरमा एमालेको जित, उपमेयरमा कांग्रेस विजयी,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कैलालीको टिकापुरमा एमालेको  जित, उपमेयरमा कांग्रेस विजयी,

सारांश

  • २० असार, कैलाली ।
  • कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले अप्रत्यासित जित हासिल गरेको छ ।
  • उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् ।

२० असार, कैलाली । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले अप्रत्यासित जित हासिल गरेको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् ।

सुरुवातदेखिनै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका ललितबहादुर थापालाई पछि पार्दै टपेन्द्रले ५ हजार ९५९ मत प्राप्त गरे ।

निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ललितबहादुर थापाले ५६१० मत ल्याए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी केशरीरु विष्ट विजयी भइन् । उनले ६ हजार २३६ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले ५५५३ मत ल्याइन् ।

चौधरी बाहुल्य रहेको टिकापुर नगरपालिका संविधान जारी हुनुधन्दा एक महिनाअघि २०७२ भदौ ७ गतेको हत्याकाण्डका कारण पनि चर्चित थियो । थारु प्रदेशको माग गर्दै भएको त्यस आन्दोलनमा प्रहरी विशिष्ठ अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो ।

सरकारले एक महिनाअघि त्यस हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरीलाई डेढ करोडभन्दा बढी क्षतिपूर्ति दिने घोषणा गरेपछि निक्कै विवाद भएको थियो । त्यसैको असरस्वरुप टिकापुरमा एमालेको उदय भयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?