सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;

सारांश

  • १७ भदौ– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ ।
  • सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्य गर्ने भन्ने निक्र्याेलमा नपुग्दा उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।
  • एमालेले प्रदेश २ का सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाई प्रचार अभियानलाई तीब्र बनाएको छ ।

१७ भदौ– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ । सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्य गर्ने भन्ने निक्र्याेलमा नपुग्दा उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।

एमालेले प्रदेश २ का सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाई प्रचार अभियानलाई तीब्र बनाएको छ । कांग्रेसले पनि एक्लै चुनाव लड्ने स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । तर, माओवादीसँग तालमेलका लागि कार्यदलसमेत गठन गरेकाले कुन कुन स्थानीय तहमा तालमेल हुने भन्ने एकीन नभइसकेकाले कांग्रेस–माओवादी दुवैले सबैतिर उम्मेदवारको टुंगो लगाएका छैनन् । एमालेले भने स्थानीय आवश्यकता अनुसार कांग्रेस बाहेकका दलहरुसँग तालमेल गर्न आफू खुला रहेको वताएको छ । तर, सबैजसो ठाउँमा उम्मेदवार घोषणा गरी एमालेका केन्द्रीय नेताहरु नै चुनाव प्रचारमा सक्रिय भइसकेका छन् /

भारतीय संस्थापन पक्षले प्रमुख प्रतिपक्षी दल एमालेको जितलाई रोक्न नेपालमा कांग्रेस, माओवादी र राजपाको बलियो चुनावी गठबन्धन बनाइदिने यसअघि नै भारतीय संस्थापन निकट थिंकट्यांकले सार्वजनिक गरिसकेका छन् । सोही अनुसार कांग्रेस र माओवादीले चुनावी सहकार्यका लागि कार्यदल समेत गठन गरेका थिए । कांग्रेस नेता बिमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महत तथा माओवादी नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन उक्त कार्यदलमा छन् । उनीहरुको कार्यदलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने स्थानीय तह पहिचान गरिरहेको र ती स्थानमा अहिलेसम्म कांग्रेस र माओवादीले उम्मेदवार नतोकेको कार्यदल निकट स्रोतले वताएको छ ।

‘प्रदेश २ का राजमार्ग आसपासका क्षेत्रमा एमाले बलियो देखिएको छ, ती स्थानमा हामी मिलेर अघि बढ्ने योजना बनेको छ’ माओवादीका एक नेताले भन्नुभयो, ‘कुन कुन स्थानीय तहमा कांग्रेस, माओवादी र राजपाबीच तालमेल गर्ने भन्ने टुंगोमा नपुगेकाले केही स्थानमा हाम्रो र केही स्थानमा कांग्रेसको पनि उम्मेदवारी अन्तिम निश्र्षमा पुगेको छैन, अव छिटै निश्कर्षमा पुग्छ ।’ प्रदेश २ को स्थानीय चुनावमा एमाले बलियो भएका ठाउँमा आवश्यक सबै दल मिल्ने तयारी भएको र त्यसका लागि राजनीतिक र कुटनीतिक सहयोग पनि लिइएको उहाँले वताउनु भयो । स्रोतका अनुसार बीरगञ्जस्थित भारतीय दूतावासका कर्मचारी नै कांग्रेस माओवादी तालमेलका लागि प्रत्यक्ष सक्रिय रहन थालेका छन् । भारतीय थिंकट्यांकले यसअघि नै एमाले विरुद्ध कांग्रेस, माओवादी र राजपा गठबन्धन बनाइदिने र एमालेको जितलाई रोक्ने सार्वजनिक रुपमै वताउँदै आएका थिए ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Timro Partikshama

    Huti hara hara haru yestai ho ni

    Comment Author

    Trilok Manee Lama

    Hahaha la la atyaxa gathe yemalele deshai chahi xodi nahidnu

    Comment Author

    Raj Nepal

    Jantale nabujeko matraho mawo badira kangeresa 1naihuna luteraharu

    Comment Author

    Shankar Rai

    Sakxa vane aklai chunab ladera dekhau saram xada

    Comment Author

    Krishna Wasti

    लम्पसारवादीहरु सबै मिले पनि एमालेकाे जितलाई कुनै असर पर्दैन ।

    Comment Author

    Dinesh Lamsal

    कुकुर र स्याल मिलन भन्दा एमाले एक्लै हिड्न बेस

    Comment Author

    Bhagirath Kunwar

    किन रा प्र पा ले साथ दिएन

    Comment Author

    Bishnu Ad

    अब एउटा तथय के clear भयाे भने जनमत मा बलियाे छ भने अरूदल लाई लागयाे र जहाँ पनि तालमेल यहि तालमेल काे कारण भरतपुर चितवनमा जनमत लाई कमजोर बनाइयाे जे भए पनि देश र बिकाश लाई कमजोर नबनाइ दिए हुनथियाे ।

    Comment Author

    Punya Thapa Narayan

    सबै मिले एमालेको जित हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?