हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
५५ पटक हेरिएको
Shares
हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा

सारांश

  • काठमाडौ, ३१ भदौः हिमाल आरोहणका लागि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन् ।
  • खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली आज काठमाडौँ आइपुगेको हो ।
  • टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो ।

काठमाडौ, ३१ भदौः हिमाल आरोहणका लागि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन् । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली आज काठमाडौँ आइपुगेको हो ।

टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । उक्त विमान आज बिहान ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । टोलीमा बहराइन रोयल गार्ड (डिभेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उद्देश्यसहित गए राति नेपाल प्रस्थान गरेको थियो ।

उक्त टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थानपूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए । सो क्रममा राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो । करिब दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ ।

क्वारेन्टिनपछि आरोहण अनुमति

हिमाल आरोहणका लागि आएको सो टोलीले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्ने हुन्छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजकुमारसहितको टोलीले हवाई उड्डयन मापदण्डअनुरुप क्वारेन्टिनमा बस्ने र पिसिआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ ।

सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध
तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध
सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?
सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी
चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
Romantic relationship Questions to Check with Your Girlfriend – Five Convenient Questions to Obtain a Deep Romantic relationship
यदि विश्वभर बिजुली कटौती भयो भने…
यदि विश्वभर बिजुली कटौती भयो भने…