अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
१९२३ पटक हेरिएको
Shares
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो

सारांश

  • नायक अनमोल केसी यतिबेला सेक्रेट लाइफ जिइरहेका छन् ।
  • नेपालमा कमै मात्र यस्ता कलाकार हुन्छन्, जो आफ्नो गेटअप लुकाउनका लागि गोप्य रुपमा जीवन जिउँछन् ।
  • तर, सानो नगरिमा गोप्य रुपमा बस्न त्यती सजिलो छैन ।

नायक अनमोल केसी यतिबेला सेक्रेट लाइफ जिइरहेका छन् । नेपालमा कमै मात्र यस्ता कलाकार हुन्छन्, जो आफ्नो गेटअप लुकाउनका लागि गोप्य रुपमा जीवन जिउँछन् ।

तर, सानो नगरिमा गोप्य रुपमा बस्न त्यती सजिलो छैन । चलचित्र ‘कृ’का लागि नायक केसीले कपाल पालेका छन्, शरीर बनाइरहेका छन् । उनकै कारणले चलचित्रको घोषणा भएको आधा बर्ष भैसक्दा पनि छायांकन सुरु हुन सकेको छैन ।

उनी, यो गेटअप सार्वजनिक गर्न चाहँदैनन् । अनमोलको फरक गेटअप चलचित्रको फस्टलुक सार्वजनिक हुँदा मात्र रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।
तर, आइतबार बेलुकी भने अनमोललाई सार्वजनिक स्थानमा निस्कनै पर्‍यो । निर्देशक शोभित बस्नेतका छोरा तथा अनमोलका मिल्ने साथी नायक सलोन बस्नेतको ब्रतबन्ध र त्यसपछि आयोजना गरिएको पार्टीमा चलचित्रकर्मीहरु पुगे ।

सो समारोहमा नायक भूवन केसी छोरा अनमोल केसीको साथमा पुगेका थिए । अनमोलले आफ्नो लामो कपाल क्याप लगाएर छोपेका थिए । दर्जन बढी कलाकार नायक सलोन बस्नेतलाई शुभकामना दिन र शोभितको निम्तो मान्न पुगेका थिए । आफ्ना नजिकका मित्रको शुभकाममा नपुग्दा पनि नहुने, पुग्दा पनि लामो समयदेखि लुकाएको गेटअप सार्वजनिक होला भन्ने पिर अनमोलमा थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
पाँच महिनामा दुई हात्ती मृत फेला
पाँच महिनामा दुई हात्ती मृत फेला
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति
सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून
चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा