कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ६, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित १ लाख ५४ हजारबढी मानिस कोरोनाको युद्ध जितेर घर पर्किएका छन्।
  • यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ५४ हजार २ सय ४७ जना संक्रमित कोरोनाका सफल उपचारपछि घर फर्किएका हुन्।

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित १ लाख ५४ हजारबढी मानिस कोरोनाको युद्ध जितेर घर पर्किएका छन्।

यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ५४ हजार २ सय ४७ जना संक्रमित कोरोनाका सफल उपचारपछि घर फर्किएका हुन्।

साढे २२ लाख संक्रमित
विश्का २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म २२ लाख ५० हजार ४ सय ३२ जना मानिस संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ८६ हजार ४ सय ९७ जना नयाँ कारोना संक्रमित फेला परेका छन्।

डेढ लाख बढीको मृत्यु
कोरोना भाइरसको महामारीमा परी ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५४ हजार १ सय ४५ जना मानिस कोरोना संक्रमितको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ६ सय ७२ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?