खेलाडीका परिवारलाई ७ लाख हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरिएको छ ।
  • राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८औं एशियाली खेलकूदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बीमा गरेको थियो ।

काठमाडौँ । साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८औं एशियाली खेलकूदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बीमा गरेको थियो ।

स्व नारायण पनि एशियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एशियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलङ्काको कोदामामा रम्बल इन जङ्गल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनिल गौतमले स्व नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई बीमावापतको सात लाख रुपियाँ हस्तान्तराण् गरेका थिए ।
गत जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानूनी प्रक्रिया पूरा गर्दा असार ७ गतेमात्र नारायणको पार्थिव शरीर काठमाडौँ ल्याइएको थियो । ३३ वर्षको उमेरमा मृत्यु भएका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ सङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?