गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०८१
|
|
५० पटक हेरिएको
Shares
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ।
  • न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो।

काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त मुद्दामा जितेन्द्र बाबु राई (जिबी राई) समेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिइएको छ । सो मुद्दालाई अग्राधिकार दिँदै अर्को सुनुवाइ आगामी असार ४ गतेका लागि तोकिएको उहाँले जानकारी दिए।

यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यही जेठ २० गते रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आजका लागि छलफलमा बोलाएको थियो।

सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराइले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै रिट दर्ता गर्न आदेश गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानले २ घन्टा समय बढाउने
जापानले २ घन्टा समय बढाउने
धरहरा निर्माणकाे लागी म काेदालाे खन्न र डाेकाेमा इट्टा बाेक्न तयार छु : प्रम ओली
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
बजेट कठिन परिवेशमा आएको छ  : अर्थमन्त्री डा महत
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै