एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २४, २०७९
|
|
३१ पटक हेरिएको
Shares
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु

सारांश

  • काठमाडौँ ।
  • बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् ।
  • बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् ।

काठमाडौँ । बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् ।

यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने जनाइएको छ । उनका चार नामहरु चार्ल्स फिलिप अर्थर जर्जमध्ये उनले कुनै पनि नाम चयन गर्न सक्ने भएपनि उनले आफ्नो नाम चार्ल्स नै रोजेको बीबीसीले जनाएको छ ।

उनी राजा भएसँगै उनकी धर्मपत्नी रानी कमिला ‘क्विन कन्सर्ट’ भएकी छिन् । यद्यपि उनलाई कुनै नयाँ पद नदिइएको बीबीसीले जनाएको छ । उनका छोरा राजकुमार विलियमले चार्ल्सको पद ‘ड्युक अफ क्रोनवाल’ र बुहारी केटले कमिलाको पद ‘डचेस अफ क्रोनवाल’ पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?