कोरोना विरुद्धको औषधी आयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ३, २०७८
|
|
३४ पटक हेरिएको
Shares
कोरोना विरुद्धको औषधी आयो

सारांश

  • कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा आएको छ ।
  • भारतले विकास गरेको औषधी सोमबार सार्वजनिक गरी त्यहाँ प्रयोगमा ल्याइएको हो ।
  • टु–डीजी नाम दिइएको कोभिड १९ को औषधी भारतको ड्रग कन्ट्रोलर जनरलले यसअघि उक्त औषधीको आकस्मिक प्रयोगको अनुमति दिएको थियो ।

कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा आएको छ । भारतले विकास गरेको औषधी सोमबार सार्वजनिक गरी त्यहाँ प्रयोगमा ल्याइएको हो ।

टु–डीजी नाम दिइएको कोभिड १९ को औषधी भारतको ड्रग कन्ट्रोलर जनरलले यसअघि उक्त औषधीको आकस्मिक प्रयोगको अनुमति दिएको थियो । आज भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले औषधी सार्वज्निक गरेका हुन् ।

टु–डिजी औषधी नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन र एलाइड साइन्सेसले हैदराबादस्थित डा. रेडिज लेबोरोटोरिजसँगको साझेदारीमा औषधी विकास गरेका हो ।

औषधीको क्लिनिकल ट्रायलबाट यसको अणुले कोभिड १९ का विरामीलाई छिटो ठिक गर्न मद्दत गरेको देखाएको थियो । यसबाट अक्सिजनको भर पर्नुपर्ने वाध्यतालाई घटाएको भारत सरकारको विज्ञप्ति उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

टु–डिजी औषधीले भाइरस संक्रमित कोषहरुमा प्रभाव देखाएर भाइरस वृद्धिलाई रोक्ने देखाएको छ । भाइरसलाई रोकेर त्यसविरुद्ध शक्ति प्रवद्र्धन गर्ने उल्लेख छ । यो औषधीको दोस्रो चरणको परीक्षण भइसकेको छ । भारतका विभिन्न अस्पतालहरुका कोभिड १९ का संक्रमितमा यसको प्रयोग प्रभावकारी देखिएको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?