नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी

सारांश

  • काठमाडौं, ५ जेठ ।
  • पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता सफल हुनु भनेको राष्ट्रियता मेटिनु भएको बताएका छन् ।
  • सार्वभौम संसदमा एक मिनेट पनि छलफल नगरी नेपालमा जबर्जस्ती रुपमा ल्याइएको संघीयताले देशको अस्तित्व नै समाप्त हुने भन्दै नेता केसीले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नका लागि विस्तारवादको डिजाइनमा नेपालमा संघीयता भित्राइएको बताए ।

काठमाडौं, ५ जेठ । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता सफल हुनु भनेको राष्ट्रियता मेटिनु भएको बताएका छन् । सार्वभौम संसदमा एक मिनेट पनि छलफल नगरी नेपालमा जबर्जस्ती रुपमा ल्याइएको संघीयताले देशको अस्तित्व नै समाप्त हुने भन्दै नेता केसीले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नका लागि विस्तारवादको डिजाइनमा नेपालमा संघीयता भित्राइएको बताए ।

अखिल नेपाल जनजाति सम्मेलन, राष्ट्रिय जनजाति सभाको दोस्रो राष्ट्रिय परिषद् बैठकलाई अर्घाखाँचीको सन्धिखर्कमा शनिबार उदघाटन गर्दै नेता केसीले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा अध्यक्ष केसीले ओली नेतृत्वको सरकारमा सहभागी भए पनि आफूहरुले संघीयताको विरोध गर्न नछाडेको दृष्टान्त समेत प्रस्तुत गरे ।

नेपाली जनताले अन्ततः संघीयतालाई खारेज गरेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्नेमा आफू विश्वस्त रहेको समेत अध्यक्ष केसीले सम्बोधनका क्रममा बताए । त्यस्तै अध्यक्ष केसीले दुई कम्युनिष्ट पार्टीको एकतालाई आफ्नो पार्टीले स्वागत गरेको भन्दै एकता टिकाउ हुनेमा भने भने शंका व्यक्त गरे ।

कार्यक्रममा राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बीसी, यमलाल पोख्रेल, कृष्ण केसी, मल्लरानी गाउँपालिका प्रमुख अम्मरध्वज राना, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, शिक्षक नेता हरिप्रसाद भुसाल, नेकपा मसाल बाग्लुङका प्रवक्ता मेगबहादुर पाइजा, स्याङ्जाका प्रवक्ता हुमबहादुर राना, थम्मन केसी, अन्टुकका नेता गोविन्द बीसी, पत्रकार हिम जीसी लेकाली, श्याम घिमिरे, अनेमसंघकी कल्पना पोख्रेल, अखिल छैठौंका देवेन्द्र कुवँर, राजेन्द्र नेपाली, पशुपति ढकाल, चुरामणि भुसाल, पीताम्बर भट्टराई लगायतले बैठक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षता, उषा पुनको स्वागत मन्तव्य र रामबहादुर बुढाको सञ्चालनमा सम्पन्न भएको हो । बैठक ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?