एमाले नेता महतो धनुषाबाट प्रदेशसभा सदस्य निर्वाचित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
एमाले नेता महतो धनुषाबाट प्रदेशसभा सदस्य निर्वाचित

सारांश

  • २६ मंसिर, जनकपुर ।
  • नेकपा एमालेका पोलिटव्यूरो सदस्य शत्रुधन महतो धनुषाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
  • महतो धनुषा क्षेत्र नम्बर ४ को ‘ख’बाट १२ हजार ८ सय मत प्राप्त गरी बिजयी भएका हुने ।

२६ मंसिर, जनकपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य शत्रुधन महतो धनुषाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । महतो धनुषा क्षेत्र नम्बर ४ को ‘ख’बाट १२ हजार ८ सय मत प्राप्त गरी बिजयी भएका हुने । उनले आफ्ना चीरपरिचित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासलाल महतोलाई पराजित गरे ।

प्रतिस्पर्धी बासलालले ११ हजार ५४९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा संघीय समाजवादी फोरमका राजकिशोर महतोले ७ हजार ९४० मत प्राप्त गरे । एमाले नेता महतोको यो क्षेत्रमा हृयाटि्रक हो ।

०६४ मा कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानालाई पराजित गरेका महतोले ०७० मा कांग्रेसकै बासलाल महतोलाई पराजित गरेका थिए । यसपटक प्रदेशसभा सदस्यमा पनि उनले बासलाललाई नै पराजित गरे ।

महतो एमालेबाट २ नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबेदार थिए । तर २ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनको बहुमत आउने देखिएकाले अब प्रतिपक्षमा रहनेछन् ।

सो प्रदेशबाट एमालेका प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । मण्डलपछि यस प्रदेशको प्रदेशसभामा चुनाव जित्ने महतो दोस्रो वरिष्ठ नेता हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?