क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२० पटक हेरिएको
Shares
क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका

सारांश

  • काठमाडौं ।
  • प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरेको छ ।
  • प्रहरीले क्षेत्रपाटी चोकमा पार्किङ गरिराखेको गाडीबाट सोमबार बिहान सुन बरामद गरेको थियो ।

काठमाडौं । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरेको छ ।

प्रहरीले क्षेत्रपाटी चोकमा पार्किङ गरिराखेको गाडीबाट सोमबार बिहान सुन बरामद गरेको थियो । यसबारे अनुसन्धान सुरु भएको छ ।

बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी परिणामको हो । यसअघि विमानस्थलबाट भित्रिएको ३५ किलो बरामद भएको थियो ।

मनोज अधिकारी नामका ड्राईभर पनि पक्राउ परेका छन् । टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो ।

बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?