‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ ।
  • सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्कीको दिने काम गरेको बताएको हो ।
  • साथै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको ठहर गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्कीको दिने काम गरेको बताएको हो ।

साथै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको ठहर गरेको छ । पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाए । उनले अघि भने,‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला लखेट्छन् भन्नुभयो,’ उपसभापति निधिले भने, ‘प्रधानमन्त्रीको यो अभिव्यक्तिे आपत्तिजनक छ, हामी यसको घोर भत्सना गर्दछौँ ।’

त्यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रवक्ता शर्माले बालुवाटारको ललिता निवासको जग्गा काण्डमा मुछिएका सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेलमाथि प्रधानमन्त्री कस्तो कदम चाल्छन् हर्न बाँकी रहेको टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे । उनले भने, ‘अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न प्रधानमन्त्रीलाई हाम्रो आग्रह छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?