काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

सारांश

  • काठमाडौँ, १३ फागुन, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।
  • काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।

काठमाडौँ, १३ फागुन, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।

नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार काँग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ । यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि काँग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ ।

आजको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्ने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
पूर्व गाविस उपाध्यक्ष मृत फेला
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने क्रम जारी
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने क्रम जारी
आज १४ सय ४२ कोरोना संक्रमित थप
कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग
कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग
सप्तकोशी बाँधमा आइएसले  विस्फोटन गराउन थालेको  प्रचार,कोशी आतंकवादी को निशानामा,
सप्तकोशी बाँधमा आइएसले विस्फोटन गराउन थालेको प्रचार,कोशी आतंकवादी को निशानामा,
काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै

तपाईंले छुटाउनुभयो कि?