महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • चितवन, ६ फागुन, स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् ।
  • यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् ।
  • चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।

चितवन, ६ फागुन, स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ । तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना रहेका छन् ।

यसैगरी खैरहनी नगरपालिकाका आठ जना, रत्ननगर नगरपालिकाका चार जना र माडी नगरपालिकाका एक जना रहेका छन् । अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३०० जनाले अनुमति लिएको उहाँले बताउनुभयो ।

हाते जाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका रहेका छन् । उनीहरुको परम्परागत पेशा माछा मार्ने हो ।
अनुमति पत्र लिनेहरुले महाजाल, विष प्रयोग गर्न पाउँदैनन् । यद्यपि यस आर्थिक वर्षमा महाजालमा परेर तीन वटा गोही राप्ती नदीमा मरेका छन् । गत वर्ष नारायणी नदीमा एउटा भाले गोही महाजालमा परेर मरेको थियो । लुकीछिपी महाजाल प्रयोग भइरहेको छ ।

नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन । यद्यपि यसबाट जलचरमा प्रभाव परेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । यही पेशाबाट जीवनस्तर उकास्न सम्भव नहुने भएकाले राज्यले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहाल बताउनुहुन्छ ।

विश्वबाटै लोप हुँदै गएको घडियाल गोहीको मुख्य बासस्थान नारायणी र राप्ती नदी हो । घडियाल गोहीले माछा मात्रै खाने गर्दछ । मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता
भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
साउन १९ गते सोमवारको राशिफल यस्तो छ
साउन १९ गते सोमवारको राशिफल यस्तो छ
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले  एकै दिन सात सभालाई सम्बोधन..
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले एकै दिन सात सभालाई सम्बोधन..
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?