सर्पले टोकेर वडा अध्यक्षको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
सर्पले टोकेर वडा अध्यक्षको मृत्यु

सारांश

  • माेरङ, २४ जेठ ।
  • मोरङमा सर्पले टाेकेर वडाअध्यक्षकाे मृत्यु भएकाे छ ।
  • धनपालथान गाउँपालिका वडा नं २ का वडाअध्यक्ष वलिराम भगत को सर्पले टोकेर मृत्यु भएको हाे ।

माेरङ, २४ जेठ । मोरङमा सर्पले टाेकेर वडाअध्यक्षकाे मृत्यु भएकाे छ ।

धनपालथान गाउँपालिका वडा नं २ का वडाअध्यक्ष वलिराम भगत को सर्पले टोकेर मृत्यु भएको हाे ।

प्रहरीका अनुसार भगत बुधबार बेलुकी सम्पुर्ण काम सकेर राति १० बजे घरतिर गएका थिए ।
उनी घर मा शौचालय भएता पनि अत्यधिक गर्मीका कारण खुल्ला  ठाउँमा शौचालय गएको समयमा उनलाई केहिले टोकेको जस्तो अनुभव भएको र उनले बेवास्ता गरेपछि केही समय पछि उनलाई शरिरमा समस्या आएपछि स्थानीय धामीझाँक्रीकोमा गएको र झाँक्रीले  जहर रहेको जानकारी गराएका थिए ।

उनका परिवारले राति नै उपचारका लागि कोशि अस्पतालमा  लगेको  त्यहाँ उपचार सम्भव नभएपछि थप उपचार का लागि पुनः नोवेल अस्पतालमा उपचार गराउन लगेका थिए। राति १ बजे उपचारका क्रममा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की ले बताए।

वडाध्यक्षको मृत्यू भएपछि त्यस वडाको वडाध्यक्ष पदरिक्त भएको छ भने कामकाज समेत प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?