खाने तेल उद्योगको बदमासी : यी हुन लिटर मै ८ रुपैया बढाउने तेल उद्योग
सारांश
- काठमाडौं ।
- पछिल्लो समय बजार भाउ छोई नसक्नु छ ।
- जता ततै कालोबजारी र दैनिक उपभोग्य वस्तुको मंहगीले त झनै आम उपभोक्ता मार परेको छ ।
काठमाडौं । पछिल्लो समय बजार भाउ छोई नसक्नु छ । जता ततै कालोबजारी र दैनिक उपभोग्य वस्तुको मंहगीले त झनै आम उपभोक्ता मार परेको छ । दैनिक उपभोग्य वस्तु मध्ये खाने तेलको मूल्यमा अहिले व्यापारीले मनपरी भाउ लिने गरेको छ ।
खुद्रा व्यापारीले त आफुखुशी बढाएका छन् तर खाने तेल उद्योगले नै उद्योग मै ८ रुपैया सम्म भाउ बढाइएको पाईएको छ । तेलको उत्पादन गर्ने बाराको जितपुर सिमरा स्थित शिवशक्ति घिउ तेल उधोगले तेलमा उद्योग मै ८ रुपैया भाउ बढाएको छ ।
आपुर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा उद्योग मै ८ रुपैया मुल्य वृद्धि गरेको पाईएको हो । शिवशक्ति उद्योगले फेमिली ब्राण्डको तोरीको तेल र घिउमा मूल्य वृद्धि गरिएको छ । जेठ २० गते भएको अनुगमनबाट मूल्यवृद्धि गरिएको पाईएपछि अहिले आपुर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले कारवाहीको लागि प्रतिवेदन तयार गरेको छ ।
विभागका प्रवक्ता ढुण्डीराज पोखरेलका अनुसार तराईका ८ भन्दा बढि घिउ तेल उद्योगमा गरिएको अनुगमनका क्रममा शिवशक्ति घिउ तेल उद्योगले मात्र तेलमा मूल्य वृद्धि गरेको पाईएकोले कारवाहीको लागि प्रतिवेदन तयार भएको बताए ।
जेठमा आपुर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले तराईका तेल उद्योग पशुपति खाद्य तेल उद्योग दुहवी, रिलायन्स केमिकल बारा , कुसुम आयल जितपुर बारा , शुसिल बनस्पती पौराणीपुर बारामा अनुगमन गरेको थियो तर ति उद्योगले भने कुनै पनि तेलमा मूल्य वृद्धि नगरेको पाईएको थियो ।
शिवशक्तिको बदमासी
शिवशक्ति घिउ तेल उद्योग जितपुरको बारामा रहेको छ । यो ति नै घिउ तेल उद्योग हुन् जहां गुणस्तरहिन तेल उत्पादन गर्छन् । पेरोल अक्साईड जसको असन्तुलित मात्राको उपभोग स्वास्थ्य त्यसमा पनि खास गरी मुटुको लागि हानिकारक हुन्छ । तेलको उत्पादन गर्ने बाराको जितपुर सिमरा स्थित शिवशक्ति घिउ तेल उधोगले उत्पादन गर्ने तेलमा पेरोल अक्साईडको मात्रा बढी भएको भन्दै गत वर्ष आपुर्ति व्यवःथापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले छापा मारेर शिलबन्दि गरेको थियो ।
खाध प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले काठमाण्डौमा बिक्री बितरण भईरहेको खाने तेलहरुको परिक्षण गर्दा शिवशक्तिले उत्पादन गरेको फेमिली ब्राण्डको तेलमा अखाध्य पदार्थ भेटिएको थियो । उधोगले उपभोक्ताको हित बिपरित स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तेल उत्पादन तथा बिक्री गरेकोले उक्त उधोगलाई बन्द गर्ने गरी शिलबन्दि गरिएको थियो ।
अहिले फेरि यहि शिवशक्ति घिउ तेल उद्योगले आफुखुशि मनलाग्दी तेलमा मुल्य वृद्धि गरेका छन् । अन्य उद्योगहरुले अहिले कुनै पनि उत्पादनमा मुल्य वृद्धि गरेका छैनन् । यसरी विगत देखि हेर्दा शिवशक्ति घिउ तेल उद्योग पैसाको लागि जे पनि गर्न तयार हुने उद्योगका रुपमा देखिएको छ ।
कहिले गुणस्तरहिन तेल उत्पादन गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् त अहिले फेरि खाने तेलमा मूल्य वृद्धि गरेर उपभोक्ता ठग्ने काम गरिरहेका छन् ।
प्रतिक्रिया