आजबाट घाम लाग्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
आजबाट घाम लाग्ने

सारांश

  • काठमाडौ, २५ माघ ( केही दिनदेखि बादल लागेका कारण धुम्म बनेको आकाश आजदेखि खुल्ने भएको छ।
  • मौसमविद्का अनुसार बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लाग्छ ।
  • बुधबारको बादल बिहीबार बिहानसम्ममा पूर्वबाट बाहिरिने अनुमान छ।

काठमाडौ, २५ माघ ( केही दिनदेखि बादल लागेका कारण धुम्म बनेको आकाश आजदेखि खुल्ने भएको छ। मौसमविद्का अनुसार बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लाग्छ । बुधबारको बादल बिहीबार बिहानसम्ममा पूर्वबाट बाहिरिने अनुमान छ।

‘पश्चिम नेपालबाट सुक्खा बादल भित्रिएकाले बुधबार देशभर बादल लागेको हो । यो एकदिनका लागि मात्र यस्तो भयो । बिहीबारबाट  मौसम सफा हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद्  बरुण पौडेल भन्छन् । बुधबार बिहानको न्यूनतम तापक्रम ६।८ डिग्री सेल्सियस थियो जबकि मंगलबार ८।५ डिग्री सेल्सियस थियो । ‘बादलमा जलवाष्फ नभएकाले बुधबार कतै पनि पानी पर्ने संभावना छैन,’ पौडेलले भने, ‘त्यसो त यसले सुदुर र मध्यपश्चिमका हिमालीक्षेत्रमा हल्का हिमपात भने गराएको छ।’

उनका अनुसार सुदुरपश्चिमको आकास बुधबार साँझबाटै सफा हुन्छ । मध्य र पूर्वी नेपालको भने बुधबार मध्यरातबाट सफा हुन्छ । ‘पश्चिमको तुलनामा मध्य र पूर्वमा धेरै बादल देखिन्छ’, पौडेलले भने । यस प्रणालीले मंगलबार र बुधबारको मौसममा सामान्य असर गरेको उनले जानकारी दिए । पश्चिमी वायुसँगै अरेबियन सागरबाट आएको सुक्खा वायु पश्चिम नेपालबाट बुधबार भित्रिएको थियो । उनले बिहीबारबाट अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने जानकारी दिए ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार त्यसै पनि यो वर्ष  हिउँदे वर्षा कम भएको छ । औसतमा हरेक वर्ष ३र४ पटक वर्षा हुनुपर्नेमा यसवर्ष एकपटक मात्र वर्षा भएको छ । पश्चिमबाट जलवाष्फयुक्त सक्रिय वायु भित्रिन नसक्दा हिउ“दे वर्षा कम भएको र यही कारणले जाडो कम भएको बताउ“छन् । उनका अनुसार अघिल्लो वर्ष पुस १० गते पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षा भएको थियो । तर यस वर्ष पुसको अन्त्य पछि पनि वर्षा भएन ।  सामान्यतया हिउँदयाममा मंसिर महिनाको सुरुवात सँगै मेघ गर्जन सहित बर्षा भई हिउँदको आगमनको संकेत दिने गथ्र्यो । तर अहिले यस्तो मौसमी प्रक्रिया प्राय शून्य भएको छ।

सामान्यतया हिउँदमा काठमाडांैको न्यूनतम तापमान शून्यभन्दा तल झरी अत्यधिक चिसो हुने गथ्र्यो । तर यो हिउँदमा शून्य भन्दा तल झर्न सकेन । र यो क्रम विगत केही वर्षदेखि निरन्तर  छ । मौसमी तथ्यांकअनुसार काठमाडौँको हालसम्मकै सबभन्दा कम न्यूनतम तापमान माइनस ३।५  सन् १९७८ जनवरी ११ मा मापन गरिएको छ । त्यस्तै  पश्चिम तराईको नेपालगञ्ज जहाँ गर्मीमा अति गर्मी र हिउँदमा कठ्याङ्ग्रिने जाडो भई न्यूनतम तापमान शून्य भन्दा तल झर्ने गथ्र्यो त्यहाँ पनि यो हिउँदमा न्यूनतम तापमान शून्य भन्दा माथि नै रह्यो । त्यस्तै देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको महसुस भएको छ । यस्ले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिबर्तको संकेतलाई प्रमाणित गरेको छ। -नागरिक दैनिकबाट

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा बसको ठक्करबाट युवतीको ज्यान गयाे
पोखरामा बसको ठक्करबाट युवतीको ज्यान गयाे
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
आज सुनको मुल्य ३ सयले बढ्यो
आज सुनको मुल्य ३ सयले बढ्यो
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?