पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
४० पटक हेरिएको
Shares
पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता

सारांश

  • म्याग्दी ।
  • राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ।
  • शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन्।

म्याग्दी । राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ।

शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन्।

अब जिल्लाको पुनःनिर्माणसम्बन्धी कार्यको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ आयोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख गेलालले भने। समझदारीपत्रमा नगर तथा गाउँपालिकाका इञ्जिनीयर, सब-इञ्जिनीयर, असिस्टेण्ट सब-इञ्जिनीयर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काम लगाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका तथा गाउँपालिकाको हुने उल्लेख गरिएको छ।

स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधार आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित स्थानीय तहमा पठाउने र समन्वयमा स्थानीय पुनःनिर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने उल्लेख छ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
रहेनन् संगीतकार मदन दिपविम
रहेनन् संगीतकार मदन दिपविम
दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !
राष्ट्रसङ्घले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै
राष्ट्रसङ्घले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

तपाईंले छुटाउनुभयो कि?