दाङबाट केपी ओलीको प्रश्न कांग्रेसले हिंसा चाहेको हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
दाङबाट केपी ओलीको प्रश्न कांग्रेसले हिंसा चाहेको हो ?

सारांश

  • टीकाबहादुर बस्नेत, दाङ, मंसिर ७ गते ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
  • नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रशय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गर्नुभयो ।

टीकाबहादुर बस्नेत, दाङ, मंसिर ७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रशय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गर्नुभयो ।

दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको भन्दै ओलीले कांग्रेस नेतृत्वलाई प्रश्न गर्नुभयो, ‘आफ्नो ईतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुन्छ । हिजो दोलखामा दुवै पार्टीको बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय भएको कुरा समाचारमा आएको छ । यसले मलाई चिन्तित तुल्याएको छ । यसो गर्दा कांग्रेसको भविष्य अन्धकारमा पर्छ ।’ प्रदेश प्रहरी प्रमुखलाई किन हटाएको ? पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पाँचनम्वर प्रदेशप्रमुख मिङमार लामालाई हटाउनुको कारणको खोजी गर्न जिल्लाबासीलाई आग्रह गर्नुभयो ।

पटक–पटक यही प्रसंग दोहोर्याउँदै ओलीले भन्नुभयो,‘हतियारसहित समातिएका मान्छेलाई मुद्दा नचलाई छाड्न भनेर निर्देशन दिएर सरकारले कस्तो परिपाटीको थालनी गर्न खोजेको हो ? प्रहरी प्रमुखले हतियारसहित समातिएको मान्छेलाइृ छाड्न मिल्न ? आफ्नो निर्देशन नमानेको झोकमा सम्मानित अधिकारीलाई हटाउन मिल्छ ?’ कानुनीराजको व्याख्या र विशलेषण गर्ने पार्टी कांग्रेसको नेतृत्वमा सरकार चलिरहँदा कानुन मिचेर प्रहरी प्रमुखलाई हटाउने निर्णय गरिनुले स्पष्ट हुन्छ कांग्रेसले मुलुकलाई कता लैजान खोजेको छ ? स्थायित्वका लागि बाम गठबन्धन पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले मुलुकको स्थायित्वका लागि बाम गठबन्धन कायम गरिएको बताउनुभयो । हरेक ६÷६ महिनामा सरकार फरिने नियतिको अन्त्य गर्न गठबन्धन कायम गरिएको भन्दै अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने बताउनुभयो ।

बाम सरकारले जजनजीवीकाका सवाललाई प्राथमिकतामा राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, गरिवी न्यूनीकरण गर्नेलगायतका योजना सुनाउनुभएको थियो । निर्वाचन जित्न गठबन्धन भएको होइन निर्वाचन जित्नका लागि गठबन्धन कायम भएको भन्दै कांग्रेसले भ्रम फैलाइरहेको भन्दै अध्यक्ष ओलीले मुलुकलाई समाजवादको दिशामा हिडाउन गठबन्धन कायम भएको बताउनुभयो । पहिले सरकार कि पार्टी एकता भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी एकताका आधारहरु तयार भइसकेका छन् । औपचारिक घोषणा हुन मात्रै बाँकी छ । कतै पार्टी एकता हुँदैन कि भनेर नतर्सिनुहोस् । निर्वाचनपछि पहिले सरकार अनि पार्टी एकता हुन्छ ।’

(https://welterheating.com/)

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    उत्तम घिमिरे

    “६ ईन्च घटाउने अभियान” काे यादमा हाे ?

    Comment Author

    Hari Hancy Hero Hero

    Tapili congress ko kuro nakate ke garna mun lagadin.yed tapi ramro ho vana janta li afno vission bathunos .tapiko bechra thek x vana vota denx.natara vana kate arko lage gale garako.

    Comment Author

    सिताराम पोख्रेल

    honi goru oli

    Comment Author

    मनदिप साउँद

    सायद यो शताब्दिकै बेकुफ,र झुट को खेती गर्ने मान्छे एउटै होला kp oli.बिनातुक को कुरा बडबडाई रहन्छ,

    Comment Author

    Rajendra Bhattachan

    हींसा गर्नु तीमीहरुको कामहो। कांग्रेसको होइन। नपत्याए यीनका जन्मकुण्ड्ली हेरे हुन्छ।

    Comment Author

    Hemanta Parajuli

    यो फटाहा झेली हिटलर बन्छु भन्दै उट्पट्याङ कुरो गर्दै जनतालाई झुक्याउंदै हिंडिरहेको छ । यस्ता वाहियात शैलीका कुरौटेहरुबाट देश र जनताले कसरी विश्वास गर्ने नैतिकहरामहरुलाई ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?