जनकपुरलाई भारतमा गाभ्न भन्ने भाजपा नेता आजादलाई एमालेले दियो यस्तो जवाफ
सारांश
- काठमाडौं, ३० बैशाख ।
- नेकपा एमालेले जनकपुरलाई भारतमा गाभ्नुपर्ने भन्दै भारतीय जनता पार्टीका एक सांसदले दिएको अभिव्यक्तिको कडा शब्दमा भत्र्सना गरेको छ ।
- एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले विज्ञप्ति जारी गरी भाजपाका निलम्वित सांसद कीर्ति आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने भनेर दिएको अभिव्यक्तिको भत्र्सना गरेका हुन् ।
काठमाडौं, ३० बैशाख । नेकपा एमालेले जनकपुरलाई भारतमा गाभ्नुपर्ने भन्दै भारतीय जनता पार्टीका एक सांसदले दिएको अभिव्यक्तिको कडा शब्दमा भत्र्सना गरेको छ । एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले विज्ञप्ति जारी गरी भाजपाका निलम्वित सांसद कीर्ति आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने भनेर दिएको अभिव्यक्तिको भत्र्सना गरेका हुन् ।
एमालेले नेपाल र भारतबीचमा विगतका तीता–पीरा कुरालाई समेत इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला आजादको त्यस्तो अभिव्यक्ति निन्दनीय भएको बताएको छ । “भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ” भनेर ट्वीट गर्नु निन्दनीय छ”,एमालेले भनेको छ, “हामी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथि गरिएको उक्त प्रहारको भत्र्सना गर्दछौं ।”
एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकै बेला आएको यो अभिव्यक्तिले गम्भीर प्रश्न पनि उठाएको उल्लेख गरेको छ । “भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिन्छ”, एमालेले भनेको छ । एमालेले अगाडि भनेको छ, “नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उक्त उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको छ ।”
एमालेले दुई देशबीचको सम्बन्ध बिगार्ने गरी आएको यस्तो अभिव्यक्ति नदोहोरिने गरी कुटनीतिक पहल गर्न पनि सरकारलाई भनेको छ । “दुई देशबीचको मित्रवत सम्बन्धमा खलल पुराउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन हाम्रो पार्टी सरकारको ध्यानाकर्षण गराउँछ”, विज्ञप्तिमा भनिएको छ ।
Raju Laama Lama
तु साला खालि सिसि लाैडा खाएगा
Gajendra Charan Sharma
Dhoti le sake ta nepal nai gabhna khojchhni jankpur matra ho ra
Birendra Shrestha
Timiharulai ajhai lajalagdain emalele barema kura garna modiko barema ekdin kehi bhanna nasaknele feri bhuknathaleko
Yukesh Gurung
I really hate you Mother fucker & kick in your Ass.