खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि

सारांश

  • खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ।
  • खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ।
  • यसरी नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो।

खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। यसरी नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो। यस्तो समस्याको समाधान गर्न अहिले सजिलो विधिबाट उपचार गरिन्छ। खुट्टाको नशा फुल्ने समस्याको उपचारमा सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियोफ्रिक्वेन्सी एबलेसन’ भनिन्छ।

कसरी हुन्छ रेडियोफ्रिक्वेन्सी एबलेसन?

यो एक प्रकारको शल्यक्रिया नै हो। जसमा भेरिकोज भेन (नशा सुन्निएको) भएको खुट्टालाई पूरै अथवा आंशिक रुपमा केही समयका लागि बेहोस गरिन्छ। त्यसपछि घुँडाभन्दा तलको फुलेको नशाको भागमा सियोको मध्यमबाट रेडियोफ्रिक्वेन्सी एबलेसन गर्ने मसिनो तार छिराइन्छ। यस तारलाई अल्ट्रासाउन्ड मेसिनको माध्यमबाट भेरिकोज भेन भएको नशाको मुख्य भागसम्म छिराइन्छ। त्यसपछि छाला तथा भित्री नशालाई हानी नहुने किसिमले भेरिकोज भेन भएको नशालाई सात-सात सेन्टिमिटर गर्दै पूरै नशालाई जलाइन्छ। यो प्रक्रियाका लागि करिब १५ देखि २० मिनेट समय लाग्छ। रेडियोफ्रिक्वेन्सी एबलेसनपछि कुनै-कुनै भागमा औषधि हालेर जलाइन्छ भने कुनै भागमा सानो आकारमा चिरेर खराब नशालाई बन्द पनि गरिन्छ।

रेडियोफ्रिक्वेन्सी एबलेसनपछिको अवस्था

रेडियोफ्रिक्वेन्सी अबलेसन गरेपछि सोही दिन अथवा भोलि पल्ट बिरामी घर जान सक्छन्। बिरामीले दैनिक क्रियाकलाप भोलि पल्टैबाट सुरु गर्न सक्छन् भने अवस्था हेरेर ३-४ दिनमा नियमित काममा फर्किन सक्छन्। रेडियोफ्रिक्वेन्सी एबलेसनपछि करिब दुई साता ब्यान्डेज लगाउनु राम्रो हुन्छ। विशेषगरी, वैदेशिक रोजगारीबाट आएका बिरामीको हकमा १२ दिनपछि लामो यात्रामा तथा काममा फर्कन मिल्छ।

रेडियोफ्रिक्वेन्सी एबलेसनका फाइदा

– शल्यक्रियाको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ,

– शल्यक्रियामा कम रक्तस्राव हुन्छ,

– दुखाइ कम हुन्छ,

– आफ्नो काममा छिटो फर्कन सकिन्छ,

– छालामा सानो घाउ/दाग मात्र रहन्छ। आदि।

भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले केके गर्ने
(१) शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने,
(२) खुट्टामुनि १ – २ वटा सिरानी राखी खुट्टा उचाल्ने,
(३) खुट्टाको हलुका कसरत गर्ने,
(४) कम्तिमा दुई हप्तासम्म भारी सामान नउचाल्ने,
(५) सिँढी तलमाथि धेरै नगर्ने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर
अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर
नेयमारलाई आक्रमण नगर्नु: कोस्टारिका प्रशिक्षक
नेयमारलाई आक्रमण नगर्नु: कोस्टारिका प्रशिक्षक
३८० सांस्कृतिक सम्पदा पुनर्निमाण
३८० सांस्कृतिक सम्पदा पुनर्निमाण
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
८१ हजार हेक्टर जमीनमा उखु खेती गरिए पनि वैज्ञानिक पद्धति र प्रविधिको अभावले किसान सधैँ मारमा
८१ हजार हेक्टर जमीनमा उखु खेती गरिए पनि वैज्ञानिक पद्धति र प्रविधिको अभावले किसान सधैँ मारमा
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी