खेलाडीको सेक्स लतलाई उनीहरूका प्रशिक्षकले कसरी नियन्त्रण गरेका हुन्छन् ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
खेलाडीको सेक्स लतलाई उनीहरूका प्रशिक्षकले कसरी नियन्त्रण गरेका हुन्छन् ?

सारांश

  • सन् १९५८ मा स्विडेनमा भएको छैटौँ विश्वकपमा आफ्ना खेलाडीको ध्यान युवतीतर्फ केन्द्रित हुन सक्ने चिन्ता ब्राजिलका प्रशिक्षकको थियो ।
  • खेल अवधिभर खेलाडीको कुनै महिलासँग लसपस नहोस् भनेर उनीहरू बस्ने होटेलका युवतीलाई केही दिन अलग्गै स्थानमा राखिएको थियो ।
  • गत आइतबार विश्व च्याम्पियन जर्मनीलाई मेक्सिकोले पराजित गरेपछि मेक्सिकोका कोच जुआन कार्लोस ओसोरिओले आफ्नो समूह जितका लागि योग्य भएको भन्दै फुटबल टिमको मुक्तकण्ठले प्रशंसा गरे ।

सन् १९५८ मा स्विडेनमा भएको छैटौँ विश्वकपमा आफ्ना खेलाडीको ध्यान युवतीतर्फ केन्द्रित हुन सक्ने चिन्ता ब्राजिलका प्रशिक्षकको थियो । खेल अवधिभर खेलाडीको कुनै महिलासँग लसपस नहोस् भनेर उनीहरू बस्ने होटेलका युवतीलाई केही दिन अलग्गै स्थानमा राखिएको थियो ।

गत आइतबार विश्व च्याम्पियन जर्मनीलाई मेक्सिकोले पराजित गरेपछि मेक्सिकोका कोच जुआन कार्लोस ओसोरिओले आफ्नो समूह जितका लागि योग्य भएको भन्दै फुटबल टिमको मुक्तकण्ठले प्रशंसा गरे । विश्वकपका लागि रसिया आउनुपूर्व मेक्सिकोको फुटबल टोलीले स्वदेशमा खेलप्रेमीको खासै मन जितेको थिएन । बरु, आममानिसका माझ बदनाम बनेको थियो । एक महिनाअघि मात्र मेक्सिकोका राष्ट्रिय खेलाडी यौन स्क्यान्डलमा मुछिएका थिए ।

गसिप म्यागेजिन टिभी नोटासका अनुसार राष्ट्रिय टिमका ८ खेलाडीलाई इस्कर्टिङ गरेर मेक्सिको सिटीको एउटा सेक्स पार्टीमा सहभागी गराइएको थियो । विश्वकप प्रतियोगिताको पूर्वसन्ध्यामा भएको सो घटनाले धेरै फुटबलप्रेमीलाई दुखित बनायो । मेक्सिकोका खेलाडी फुटबलभन्दा पनि विपरीत लिंगीप्रति बढी रुचि राख्छन् भन्ने धारणालाई बल पुग्यो । ‘यौन स्क्यान्डलपछि खेलाडी आलोचित छन्,’ मेक्सिकोको खेलसम्बन्धी टेलिभिजन च्यानल टेलिभिसा डिर्पोटिजका पत्रकार अलोन्सो कार्बल भन्छन्।

यौन पार्टीमा पोर्चुगल स्पोर्ट क्लबका मिडफिल्डर हेक्टर हेरेरा, मेक्सिकोका स्ट्राइकर राउल जिमिनेज र मेक्सिकोकै स्ट्राइकर जिओभानी डस सान्तोसलगायत खेलाडी सहभागी थिए । उनीहरूले २४ घन्टासम्म युवतीसँग रोमान्स गरे । स्क्यान्डल सार्वजनिक भएपछि त्यसमा संलग्न खेलाडीलाई विश्वकपबाट वञ्चित गर्नुपर्ने आवाज उठेको थियो । तर, खेलाडीमाथि सजाय हुनुको सट्टा मेक्सिको फुटबल महासंघले उनीहरूको ‘स्वतन्त्रता’को बचाउ गर्दै खेलाडी चोख्याउने प्रयास ग-यो।

मस्को पुग्ने वेलासम्म मेक्सिको खेलाडीको समूह आलोचित थियो । तर, मेक्सिको साविक विजेता जर्मनीलाई १–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । एक महिनाअघि विवादमा तानिएका उनै खेलाडी सञ्चारमाध्यममा नायक बने । स्ट्राइकर हिर्भिङ लोजानाको जादुको चर्चाले स्क्यान्डल ओझेलमा प-यो ।

०००
यस घटनाले विभिन्न अनुत्तरित प्रश्न खडा गरेको छ । विश्वकपजस्ता ठूला प्रतियोगितामा आफ्नो कौशलता प्रदर्शन गर्नुअघि खेलाडीलाई सेक्स कत्तिको आवश्यक पर्छ ? खेल खेल्नु अघिल्लो दिन खेलाडीले सेक्स गर्नु हानिकार छ वा यसको परिणाम सकारात्मक हुन्छ ? खेलाडीको सेक्स लतलाई उनीहरूका प्रशिक्षकले कसरी नियन्त्रण गरेका हुन्छन् ?

डेली स्टारका डेभिड रिभरका अनुसार ब्राजिलका स्टाइकर ग्याब्रियल जिससलाई उनको पहिलो विश्वकपमा पर्याप्त सेक्स गर्न सुझाब दिइएको थियो । ‘खेलअघि प्रशस्त यौन सम्र्पक गर,’ ब्राजिलकै सर्वाधिक गोलकर्ता रोमारिओले अर्ती दिएका थिए । जिससलाई सर्वाधिक गोल गर्न पनि रोमारिओले सुझाब दिएका थिए ।

०००
महत्वपूर्ण प्रतियोगितामा खेलाडीको सेक्स लत सार्वजनिक हुने गरेका विभिन्न दृष्टान्त छन् । सन् १९५८ मा स्विडेनमा भएको छैटौँ विश्वकपमा आफ्ना खेलाडीको ध्यान युवतीतर्फ केन्द्रित हुन सक्ने चिन्ता ब्राजिलका प्रशिक्षकको थियो । ‘लभ, सेक्स एन्ड ब्रेट्रियल इन वल्र्ड कप’मा उल्लेख भएअनुसार खेलअवधिभर खेलाडीको कुनै महिलासँग लसपस नहोस् भनेर उनीहरू बस्ने होटेलका युवतीलाई केही दिन अलग्गै स्थानमा राखिएको थियो । तर, खेलाडीले प्रशिक्षकलाई छकाइछाडे । बाज्रिलका चर्चित फुटबलर गारिन्चालगायत केही फुटबलरले स्थानीय महिलासँग होटेल नजिकैको झाडीमा पुगेर मस्ती गरे । सोही प्रतियोगितामा बदनामी कमाएपछि टिमको सेक्सप्रतिको अडानबारे सम्बन्धित प्रशिक्षकलाई अहिले पनि सोधिन्छ । केही प्रशिक्षकले खेलपूर्व खेलाडीलाई सेक्स गर्न पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरे ।
०००
३१ मे देखि ३० जुनसम्म दक्षिण कोरिया र जापानमा भएको १७औँ फिफा विश्वकपमा ब्राजिलका प्रशिक्षक फिलिप स्कोलारीले खेलाडीलाई आफू बसेको होटेलमा पत्नी तथा गलफ्रेन्ड लैजानसमेत रोक लगाए । प्रतियोगिता अवधिभर प्रशिक्षकले कम्तीमा ५० दिन यौन क्रियाकलापबाट खेलाडीलाई वर्जित गर्ने प्रयास गरे । सोही प्रसंगमा ‘बर्टाेजी र होफम्यानले लेखेको एउटा पुस्तकमा उनले भनेका छन्, ‘सेक्स नगर्दैमा कोही पनि मर्दैन ।’ प्रशिक्षकको कठोर अनुशासनले राम्रै नतिजा दियो । ब्राजिलले जर्मनीलाई फाइनलमा हराउँदै पाँचौँपटक विश्वकप जित्यो ।

अनि यो वर्ष नि ? ग्याब्रियल जिसस र उनको सहकर्मीले केही छुट पाएका छन् । रसियाली समाचार संस्था स्पुतनिकका अनुसार ब्राजिलियन फुटबल टिमका प्रशिक्षकले खेलाडीले चाहेमा उनीहरूका पार्टनरसँग भेट गर्ने साहित जुराइदिएका छन् । खेल हुने वा नहुने सबै दिन खेलाडीले आफ्नो ध्यान र ऊर्जा मैदानमा नै लगाउन खेलाडीलाई निर्देशन दिइएको छ ।

०००
सेक्सले खेलको प्रस्तुतिलाई असर गर्छ वा गर्दैन भन्नेबारे पछिल्लो समय बहस बढिरहेका छन् । ‘खेल खेल्नुअघिल्लो रात यौन सम्पर्कमा रोक लगाइनु अन्धविश्वास हो,’ मिसिगनकी सेक्सोलोजिस्ट मेगन स्टब्स भन्छिन् । उनको विचारमा खेल्नुपूर्व सेक्स उत्तम हो । स्खलित हुँदा खेलाडीको जोस हराउँछ भन्ने धारणाप्रति उनी असहमति जनाउँछिन् । बरु, सेक्सले खेलाडीको मुड फ्रेस गर्ने, पीडा सहन सक्ने क्षमता तथा आत्मविश्वासको तह बढाउने उनको भनाइ छ । ‘खेलअगाडिको छोटो र पीडारहित सेक्सका फाइदैफाइदा छन् । सेक्सले फुटबलरलाई थप ऊर्जा दिन्छ,’ उनी भन्छिन् । यसबारे ब्राजिलियन फुटबलर रोमारिओ पनि सहमत छन् । स्विट्जरल्यान्डमा खेल्नुअघि  विमानभित्रै धित मरुन्जेल यौनसम्पर्क गरेको उनी बताउँछन् । रमाइला खेलाडी रोमारिओले त्यही भएर ‘लेडिज म्यान’को समेत उपमा पाएका छन् ।

०००
विश्वकपजस्ता महत्वपूर्ण खेलअगाडि सेक्स गर्ने वा नगर्ने भन्नेबारा परस्पर विरोधी धारणा पाइन्छन् । ब्राजिलकी लेखक तथा सेक्सोलोजिट रेजिना नाभारोका अनुसार खेलअगाडिको सेक्सले खेलाडी र खेललाई नै नराम्रो असर गर्छ । रसियाली समाचार संस्था स्पुतनिकसँगको कुराकानीमा उनी भन्छिन्, ‘मानिसलाई ऊर्जा प्रदान गर्ने वीर्य स्खलन हुँदा पुरुषलाई अल्छी र निन्याउरो बनाउने एउटा अनुसन्धानले दर्शाएको छ ।’ त्यस्तै, अर्को अनुसन्धानले सेक्सले पुरुषलाई साहसी र गतिशील बनाउने देखाएको उदाहरण उनी पेस गर्छिन् ।

खेलाडीको यौनजीवन कसैको सुझाबले निर्देशित गर्ने नभई संस्कारमा भर पर्ने डेटिङ कोच ह्याली क्विन बताउँछिन् । पोर्चुगलका गोलकिपर रुई प्याट्रिकोकी पत्नी भेरा रिबेरिओ पनि खेलाडीको यौन स्वतन्त्रतामा तगारो बन्न नहुने बताउँछिन् । सेक्स थेरापिस्टसमेत रहेकी उनी भन्छिन्, ‘सन्तुलित सेक्सले खेलाडीको पर्फमेन्समा सकारात्मक प्रभाव ल्याउँछ ।’ पार्टनर नहुने खेलाडीले हस्तमैथुनबाट समेत फाइदा लिन सक्ने उनको सुझाब छ । ‘हस्तमैथुनले खेलाडीलाई निद्रा र आराम दिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ तस्वीरमा हेर्नुहोस् डीपीएल क्रिकेट भिडन्त
नौ तस्वीरमा हेर्नुहोस् डीपीएल क्रिकेट भिडन्त
बस दुर्घटनामा शिशुको मृत्यु, चार गम्भीर घाइते
बस दुर्घटनामा शिशुको मृत्यु, चार गम्भीर घाइते
प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल
प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने
संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रधानमन्त्री आफ्नो उपचारपछि पुन स्वदेश
प्रधानमन्त्री आफ्नो उपचारपछि पुन स्वदेश
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
विगतमा सहमतिय नेतृत्वकै लागि दुई पटक पछि हटे, अब हट्दिन् : गंगा प्रसाद नेपाल
विगतमा सहमतिय नेतृत्वकै लागि दुई पटक पछि हटे, अब हट्दिन् : गंगा प्रसाद नेपाल

तपाईंले छुटाउनुभयो कि?