सांसदहरु कति बिरामी! ६ महिनामै ६८ लाख सकियो, कस-कसले लिए रकम नाम, सूचिसहित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • संघीय संसदका सांसदहरुले बिरामी भएर ६ महिनाभित्रमा ६८ लाख रुपैयाँ सकेका छन् ।
  • प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ जना सांसदले छ महिना भित्रमा स्वास्थ्य उपचार गर्दा राज्यकोषबाट ६८ लाख ४ हजार रुपैयाँ लिएका हुन् ।

काठमाडौं । संघीय संसदका सांसदहरुले बिरामी भएर ६ महिनाभित्रमा ६८ लाख रुपैयाँ सकेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ जना सांसदले छ महिना भित्रमा स्वास्थ्य उपचार गर्दा राज्यकोषबाट ६८ लाख ४ हजार रुपैयाँ लिएका हुन् ।

सांसदहरुले बिरामी भएर उपचारका लागि गत जेठ महिनादेखि कात्तिकसम्म उपचार खर्च लिएका हुन् । प्रतिनिधिसभाका १७ जना र राष्ट्रियसभाका ७ जना गरी २३ जनाले औषधि उपचारबापत रकम लिएका छन्। सांसदहरुले १५ सयदेखि २ लाखसम्म उपचार खर्च लगेका छन् ।

सांसदहरुले स्वास्थ्य उपचार खर्च बापत लिन पाउन रकम लिएका हुन् । राष्ट्रियसभा सदस्य रहेकी शान्तिकुमारी जिसीले दुईपटक २ लाख बढी रकम लगेकी छिन्। उनको मृगौलासम्बन्धी समस्याका कारण रकम लगेकी हुन् ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाकी सांसद आशाकुमारी विक, उमा रेग्मी, कल्याणीकुमारी खड्का, दिल कुमारी, नन्दा चपाई, प्रमिला राई, महेन्द्रकुमारी लिम्वु, विमला विश्वकर्मा, मैनाकुमारी भण्डारी, रंगमती शाही, रेनुका गुरुङ, बोधमायाकुमारी यादव, समिना हुसेन, सानु शिवा, विष्णु शर्मा, सीतादेवी यादव, ज्ञानकुमारी छन्त्यालले उपचार बापतको रकम लगेका छन् ।

त्यसैगरी गजेन्द्रबहादुर महत, घनश्याम खतिवडा, ध्रुवकुमार शाही, नवराज रावत, नन्दलाल रोका क्षेत्री, प्रकाश पन्थ, भीमवहादुर रावल, मानवबहादुर विश्वकर्मा, लीलानाथ श्रेष्ठ, यज्ञराज बोगटी, स्मृतिनारायण चौधरी रहेका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहाल, त्यसैगरी कमलाकुमारी ओली, कविता वोगटी, प्रमिला कुमारी, मिना बुढा, विन्दादेवी आले राना, शान्तिकुमारी अधिकारी जिसीले रकम लगेका छन् ।

त्यसैगरी अगमप्रसाद वान्तवा राई, उदय शर्मा पौडेल, खिमकुमार विक, रामचन्द्र राई, सुरेन्द्रराज पाण्डेले रकम लगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
रोकिएन संयुक्त सैन्य अभ्यास
रोकिएन संयुक्त सैन्य अभ्यास
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
झाक्री हत्याका २६ जनालाई कारागार सजाय
झाक्री हत्याका २६ जनालाई कारागार सजाय
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
पाहुना बोलाउन जाँदै गण्डकी सरकार
पाहुना बोलाउन जाँदै गण्डकी सरकार
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष

तपाईंले छुटाउनुभयो कि?