गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १४, २०७९
|
|
२६ पटक हेरिएको
Shares
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ

सारांश

  • काठमाडौं, १४ वैशाख।
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने भएका छन् ।
  • ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसकाे जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् ।

काठमाडौं, १४ वैशाख। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने भएका छन् । ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसकाे जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार थापाले बालकोट नै पुगेर समृद्धि र समुन्नतिका विषयमा ट्युसन बढाउने बताएका हुन् । ‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने ।

ओलीलाई लजिक नभई म्याजिक मन पर्ने उनले बताए । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी पनि गरे । ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै थापाले भने, ‘तपाईको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई
काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
ओली, दाहाल र केसी गलकोट आउने
ओली, दाहाल र केसी गलकोट आउने
अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )
अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
नयाँ शक्तिसँग एकताका लागि बाटो खोल्यो फोरमले
नयाँ शक्तिसँग एकताका लागि बाटो खोल्यो फोरमले
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन

तपाईंले छुटाउनुभयो कि?