हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
३१ पटक हेरिएको
Shares
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

सारांश

  • वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन्।
  • हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे ।
  • विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन्। हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो ।

पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताए । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्ने पौडेलको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेखय रहेको बताए । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनःनिर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनःनिर्माणकार्य सम्पन्न भइसकेको जानकारी दिए ।

उनले आजदेखि निर्माण प्रारम्भ भएको २१ कोठे भवन कर बाहेक रु पाँच करोड ३५ लाखमा सम्पन्न हुने निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताए । सम्झौतानुसार उक्त निर्माण कम्पनीले सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

https://bellevuehealthcare.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
सांसद राजिव पहारी फेवाताल संरक्षणमा,  ३ जना सांसदले दिए साथ !
सांसद राजिव पहारी फेवाताल संरक्षणमा, ३ जना सांसदले दिए साथ !
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी
गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी
French hotels, restaurants look to migrants to fill 100,000 jobs
French hotels, restaurants look to migrants to fill 100,000 jobs
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
जनार्दनको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी
जनार्दनको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी

तपाईंले छुटाउनुभयो कि?