एमसीसी अब के हुन्छ ?
सारांश
- लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ ।
- सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् ।
- प्रस्ताव पेश गर्दा अर्थमन्त्री जर्नादन शर्मा भने अनुपस्थित भए ।
लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् ।
एमसीसी टेबल भइरहँदा बानेश्वरमा झडप भइरहेको थियो । एमसीसीविरोधीले बानेश्वरमा विरोध प्रदर्शन गर्दा स्थिति तनावग्रस्त भयो ।
एमसीसी टेबल नगर्न सत्ता पक्षका माओवादी केन्द्र, जनमोर्चा नेपालका अलावा विपक्षका नेमकिपाले सदनमै भनाई राखेका थिए । नेकपा एमालेले सदनको अवरोध जारी राख्यो । यद्यपि, एमाले एमसीसीबारे स्पष्ट छैन ।
अब एमसीसीबारे १२ फागुनको सदन बैठकमा के हुने हो ? चासो बनेको छ । १६ फागुनभित्र एमसीसी टुंगो लागिसक्नुपर्नेछ । तर, सत्तापक्षमै विवाद रहेकाले एमसीसी पारित हुने सम्भावना कम रहेको छ । यसले नेपालको राजनीतिमा नयाँ टकराव देखिएको छ ।
प्रतिक्रिया