गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २५, २०७९
|
|
२६ पटक हेरिएको
Shares
गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

सारांश

  • सिन्धुली।
  • सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती।
  • छेउमा सलल बगेको सुनकोसी नदी।

सिन्धुली। सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती। छेउमा सलल बगेको सुनकोसी नदी। यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन्।

सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ। दिनकै एक–दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन्।

पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ। राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवातजावतमा सहजता थपिदिएको छ।

सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ। जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो। गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउँछन्।

“जलयात्राको मुख्य सिजन गर्मीयाम हो। यस याममा विशेषगरी काठमाडौँबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्”, उनले भने। प्राविधिक दृष्टिकोणले सुनकोसी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उनले बताए।

जलयात्राका लागि २० वटा बोट (डुङ्गा) छन्। प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ। हाल १० वटा बोटमात्रै नियमितरूपमा सञ्चालित छन्। उनका अनुसार सुनकोसी गाउँपालिका-१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म (१७ किलोमिटर) वा यात्रुको चाहनाअनुसार मुलकोट-खुर्कोटसम्म जलयात्राको नियमित रुट हो।

यहाँ जलयात्रा गरेवापत प्रतिव्यक्ति रु एक हजार पाँच सय शुल्क कायम गरिएको छ। पर्यटकले एक साताको प्याकेजमा मुलकोट-चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन्। यो सेवावापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उनले बताए।

रामेछाप खाडाँदेवी गाउँपालिका-३ भिरपानीका चेतबहादुर जर्गामगर बिहीबार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी भए। रामेछापको नमूना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्‍याफ्टिङले स्वर्गीयआनन्द प्राप्त भएको उनले बताए। जलयात्राकै लागि उनी भिरपानीबाट मूलकोट आएका हुन्।

एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आएका उनले सुनकोसीमा जलयात्रा गरी बिताएको बताए। सुनकोसी नदीमा जलयात्रा सुरु गरिएपछि यहाँका होटल र रिसोर्ट सधैँजसो भरिन थालेका छन्।

व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता काम पनि बेला-बेलामा भइरहेका छन्।

सुनकोसी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोसी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा
रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
सितलहर बढेपछी महोत्तरीका ७ पालिकाका विद्यालय बन्द
सितलहर बढेपछी महोत्तरीका ७ पालिकाका विद्यालय बन्द
इन्डोनेसियामा फेरि दुई ठूला भूकम्प
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
१७ केजी अवैध सुन बरामद ।
१७ केजी अवैध सुन बरामद ।
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
लोकतान्त्रिक गठबन्धनमा सामेल हुन राप्रपाले माग्यो १५ सिट
लोकतान्त्रिक गठबन्धनमा सामेल हुन राप्रपाले माग्यो १५ सिट
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
नेप्से परिसूचकमा चार दशमलव ५७ अङ्कको वृद्धि

तपाईंले छुटाउनुभयो कि?