आज खण्डग्रास सूर्यग्रहण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ८, २०७९
|
|
६७ पटक हेरिएको
Shares
आज खण्डग्रास सूर्यग्रहण

सारांश

  • काठमाडौं।
  • आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ।
  • मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए।

काठमाडौं। आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ। मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए।

‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ। कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ। पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुँदैन,’ उनले भने।

दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए। नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए।

उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ।

(https://fiberclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् :  प्रधानमन्त्री ओली
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् : प्रधानमन्त्री ओली
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा
डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
आज २०४ औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
आज २०४ औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
शिक्षाका २९५ उपसचिवलाई खै त काम !
शिक्षाका २९५ उपसचिवलाई खै त काम !
लहानमा बम विष्फोटमा परी ६ जना घाइते
लहानमा बम विष्फोटमा परी ६ जना घाइते
बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ
बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग