गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०८१
|
|
५५ पटक हेरिएको
Shares
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन

सारांश

  • काठमाडौं ।
  • गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनीरुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
  • शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

काठमाडौं । गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनीरुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै समिति सभापति डा।आरजु राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन् ।

उनले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताइन् । उनले गृह मन्त्रालयबाट सुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउने प्रतिवद्धता सकारात्मक भएको बताइन् ।

उनले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गरिन् । उनले तीन महिनासम्म सरकारले गर्ने काम हर्ने आवश्यकता अनुसार उपसमिति बनाएर गाँजा खेतीको विषयमा आवश्यक काम गर्ने बताइन् । उनले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिइन् ।

‘जाँगा खेतीका विषयमा सबै नागरिकलाई सरकारले कति लगिरहेको छ भन्ने चासो लागेको छ । गृहमन्त्रालयबाट शुरुहुने पर्ने प्रथम पाइला गृह मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउछु भन्नुभएको छ । गृहमन्त्रालयलाई समिति सहयोग गर्न तयार छ । एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बन्यो भने खुशी हुन्छौं’, उनले भनिन्, ‘तीन महिनासम्म सरकारले गर्ने काम हेर्छौं । आवश्यक परे उपसमिति बनाएर काम गर्छौं । समितिले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिन चाहन्छुु । गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्छ । गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल चाँडो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको स्थानीय तहका कार्यालयमा मोर्चाद्धारा तालाबन्दी
हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी
हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी
गृहमन्त्रीकाे सामुन्ने विष सेवन गरेका लडाकुले अस्पतालमै सुरू गरे अनसन
गृहमन्त्रीकाे सामुन्ने विष सेवन गरेका लडाकुले अस्पतालमै सुरू गरे अनसन
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै
आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै
आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन
आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन
गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन
गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

तपाईंले छुटाउनुभयो कि?