गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

सारांश

  • काठमाडौं, ४ पुस ।
  • पर्वतको महाशिला गाउँपालिकाले ३ सय ६६ जनालाई रोजगारी दिएको छ ।
  • गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम मार्फत रोजगारी दिन थालेको हो ।

काठमाडौं, ४ पुस । पर्वतको महाशिला गाउँपालिकाले ३ सय ६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम मार्फत रोजगारी दिन थालेको हो ।

गाउँपालिकाका प्रवक्ता जीवन ठकुरीका अनुसार सबैभन्दा बढी २ सय २० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । २० जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाइएको छ । गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ ।

यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११–११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष राजु पौडेलले १५ दिनको ६ हजार तलब दिइने बताउनु भयो । उहाँले रोजगारी पाएका सबैको न्यूनतम पाँच लाख बराबरको दुर्घटना बीमा गरिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?