गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा
सारांश
- काभ्रे जिल्लामा जन्मिएका गायक यमन माझी सानै उमेर देखी संगीतलाई मन पराउथे र संगीत गुनगुनाउनुको साथै अरुले गीत गाएको देख्दा सुन्दा आफुलाई नि गाउन मन लाग्थियो भन्छन गायक ।
- त्यही इक्षा चाहानले नै म यस क्षेत्रमा लागेको हु भन्छन गायक ।
- ऊनि माझी भाषाको पहिलो गायक भनेरआफुलाई चिनाउन सफल छन ।
काभ्रे जिल्लामा जन्मिएका गायक यमन माझी सानै उमेर देखी संगीतलाई मन पराउथे र संगीत गुनगुनाउनुको साथै अरुले गीत गाएको देख्दा सुन्दा आफुलाई नि गाउन मन लाग्थियो भन्छन गायक । त्यही इक्षा चाहानले नै म यस क्षेत्रमा लागेको हु भन्छन गायक । ऊनि माझी भाषाको पहिलो गायक भनेरआफुलाई चिनाउन सफल छन ।

उनी भन्छन ” यस क्षेत्रमा मैले धेरै परिश्रम गरेर पर्वेश गरेको थिए र म यस क्षेत्रलाई अझै मिहिनेतको साथ लाग्नेछु जस्तो सुकै कठिन भए पनि यस क्षेत्रमा लागी रहनेछु । ” उनले आफ्नै भाषाको गीतबाट यस क्षेत्रमा प्रवेश गरेका हुन । उनले ७० भन्दा बढी गीतमा आफ्नो स्वर दिइ सकेका छन । उनको सबै गीतलाई स्रोताहरुले मन पराएका छन । उनलाई आधुनिक, पप , लोक पप सबै खालको गीत गाउनमा रुची भएको बताएका छन ।

अहिले पछिलो समयमा आधुनिक गीत झुध्यो नजर बजारमा ल्याएका छन र सुमधुर स्वरका धनी गायक यमन माझीको आवाज रहेको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा आएको छ । प्रतिभाशाली रचनाकार कार्की सरको शब्द तथा संगीतमा तयार गीतमा टेकेन्द्र याक्सोको एरेन्जमेन्ट रहेको छ । गीतको भाव अनुसार तयार गरिएको भिडियोमा कार्की सरकै उत्कृष्ट निर्देशन रहेको छ । भिडियोमा प्रेम लामाको छायांकन र लोकेन्द्र सुब्बाको दृश्य सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस……
झुध्यो नजर
https://www.youtube.com/watch?v=bBfnDqUlCxo
प्रतिक्रिया