हिमतालमा डुबेका विद्यार्थीको खाेजिकार्य सुरु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
हिमतालमा डुबेका विद्यार्थीको खाेजिकार्य सुरु !

सारांश

  • सोलुखुम्बु, २३ साउन ।
  • हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ ।
  • मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

सोलुखुम्बु, २३ साउन । हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ । मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ । मङ्गलबार दिउँसो २ बजे खुम्बु पासाङल्हामु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराइएको टोली तीन घण्टाको पैदलयात्रा पछि साँझ गोक्यो पुगेको थियो । गोक्योमा नै अवतरण गर्ने योजना भए पनि मौसमको प्रतिकुलताका कारण मच्छेरमुमा अवतरण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

जिल्लामा तालीम प्राप्त जनशक्ति र साधन नहुँदा उद्धारमा समस्या भएकाले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खड्काको नेतृत्वको पाँच गोताखोर गोक्यो आएका हुन् । खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा (क) का सांसद उत्तमकुमार बस्नेत र प्रदेशसभा (ख) का सांसद बुद्धिकुमार राजभण्डारीको पहल तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा गृहमन्त्रालयले गोताखोरको टोली गोक्यो पठाएको प्रजिअ रानाको भनाइ छ । उद्धारका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा खुम्बु पासाङल्हामु गाउँपालिकाले लिएको छ । भौगोलिक विकटताको कारण पैदलयात्रामार्फत पुग्न सक्ने सम्भावना नभएपछि हेलिकोप्टरको माध्यमबाट आउने जाने गरिएको छ । हेलिकोप्टरसहितको व्यवस्थापनको सम्पूर्ण कामको जिम्मेवारी खुम्बु पासाङल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए ।
शैक्षिक भ्रमणमा लैजाने शिक्षक निलम्बित
विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षकलाई निलम्बन गरिएको छ । गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए। “घटनाको सत्यतथ्य छानबिन गरी कारवाही प्रक्रियामा सहयोग गर्ने उद्देश्यले शिक्षकलाई निलम्बन गरिएको हो,” शेर्पाले भने ।

हिमालयन ट्रष्टको सहयोगमा खुम्जुङका स्थानीय छुङजिङ दोर्जे शेर्पा र भक्तपुरका रञ्जित बललाई विद्यालय प्रशासनले मौसम प्रतिकुल भएकाले शैक्षिक भ्रमण रद्द गर्न आग्रह गरेको थियो । तर विद्यालय प्रशासनको उक्त भनाइलाई लक्षित गर्दै उनीहरुले सामाजिक सञ्जालमा प्रशासनको आलोचनासमेत गरेका थिए । “विद्यालय प्रशासनको निर्देशन विपरीत काम गर्नेलाई कारवाही गर्न गाउँपालिका सकारात्मक छ,” अध्यक्ष शेर्पाले भने । पौडी खेल्ने क्रममा पौडन नजानेर ती बालक डुबेको श्रव्यदृश्यसमेत सार्वजनिक भएको छ । श्रव्यदृश्यमा पाँच छ जनाको टोली तालको छेउमा पौडी खेलेको देखिन्छ । छोटो समय पौडी खेल्दै गर्दा एक जनाले आफूले लगाएको गञ्जी समेत फुकालेर राख्छन् र पुन पौडन जान्छन् । सोही क्रममा अर्का एक जना बालक पनि पौडन जान्छन् र पौडन नजानेपछि तालको गहिराइतिर गएको देखिन्छ ।

सोही क्रममा गञ्जी फुकालेर पौडने बालक पनि उनलाई उद्धार गर्न गएजस्तो देखिन्छ । दुवै जना झन तालको गहिराइतिर जान्छन् । सोही समयमा अर्का एक जना पनि उद्धार गर्न गएजस्तो देखीन्छ । उक्त समयमा माथिबाट हेरिरहेका विद्यार्थी उनीहरुको नाम बोलाउँदै काराउँछन् । पानीमा पौडदै गरेका साथीलाई उद्धार गर्न अर्का एक जना कालो कपडा लगाएका जान्छन् र एक जनालाई भने तानेर उद्धार गर्न सफल भएको श्रव्यदृश्य सार्वजनिक भएको छ । त्यस समयमा केही विद्यार्थीले डोरी दिनुपर्छ भन्ने पनि आवाज आउँछ ।
हिमतालको पानी अत्यधिक चिसो भएको र पौडन नसक्ने भएको कारण बालकको मृत्यु भएको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ । तत्काल पौडी खेल्न सक्ने व्यक्ति भएको भए उनीहरुलाई उद्धार गर्न सकिने सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
अधिकारीको पार्थिक शरीरमा अध्यक्षद्वयले ओढाए पार्टीको झण्डा
अधिकारीको पार्थिक शरीरमा अध्यक्षद्वयले ओढाए पार्टीको झण्डा
पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?
पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?
कोजाग्रतमा ताल-बाराही देवीको दर्शन गर्नेको घुइँचो
कोजाग्रतमा ताल-बाराही देवीको दर्शन गर्नेको घुइँचो
रोल्पाको जनजीवन त्रासमा
रोल्पाको जनजीवन त्रासमा
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
राजदरबार हत्याकाण्ड भएको १९ वर्ष
राजदरबार हत्याकाण्ड भएको १९ वर्ष
राहत शिक्षक देशभरका  बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
राहत शिक्षक देशभरका बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने
डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने
बल्ल प्रयोग गर्न थाले मुसहरले सामुहिक चर्पी !
बल्ल प्रयोग गर्न थाले मुसहरले सामुहिक चर्पी !