गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?

सारांश

  • काठमाडौं।
  • निवर्तमान सांसद सुमना श्रेष्ठले नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुको आलोचना गरेकी छन्।
  • गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा भएका आगजनी, लुटपाट र तोडफोडमा दोषी रहेको दाबी गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौका मेयर बालेन्द्र शाह र जेनजीका अगुवा सुदन गुरुङ विरुद्ध किटानी जाहेरी दिएपछि श्रेष्ठले समाजिक सन्जालमार्फत विरोध जनाएकी हुन् ।

काठमाडौं। निवर्तमान सांसद सुमना श्रेष्ठले नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुको आलोचना गरेकी छन्।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा भएका आगजनी, लुटपाट र तोडफोडमा दोषी रहेको दाबी गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौका मेयर बालेन्द्र शाह र जेनजीका अगुवा सुदन गुरुङ विरुद्ध किटानी जाहेरी दिएपछि श्रेष्ठले समाजिक सन्जालमार्फत विरोध जनाएकी हुन् ।

आन्दोलनका क्रममा युवा मारिएको घटनामा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मंगलबार जेनजीले जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी दिए लगत्तै अनेरास्ववियु प्रतिवादमा उत्रिएपछि श्रेष्ठले क्याम्पसको पोसाक लगाएका विद्यार्थीलाई गोली हान्दा विद्यार्थी संगठनलाई मतलब नभएको तर गोली हान्न आदेश दिने दलको प्रमुखविरुद्ध जाहेरी दिँदा तुरुन्त जाइलागेको टिप्पणी गरेकी छन्।

उनले दलीय भ्रातृ संगठन खारेज गर्न माग गर्दै विद्यार्थीलाई विद्यार्थी रहन दिन आग्रह समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !

तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो! यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!

सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?