नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
सारांश
- ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ।
- सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग आइतवार साँझ कुरा गर्दै त्यसको पुष्टि गरेका हुन् ।
- यो खबर बीबीसी नेपालीमा प्रकाशित छ ।
ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ।
सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग आइतवार साँझ कुरा गर्दै त्यसको पुष्टि गरेका हुन् । यो खबर बीबीसी नेपालीमा प्रकाशित छ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई दुःख लागेकोु उनले बताए।
विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ ुनिशाना नबनाएकोु ओलीको भनाइ छ।
विष्फोट किन गराइयो ?
एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले लुटको प्रतिकारस्वरुपु सो कदम चालिएको तर्क गरे।
संसदको राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा ुसंविधानविरोधी तत्वुको संलग्नता भएको बताएकै दिन विप्लवु नेतृत्वको नेकपाले विस्फोटको जिम्मेवारी लिएको हो।
विप्लवु नेतृत्वको नेकपाले ललितपुरको नख्खुमा आफूहरूले विस्फोट गराएको बताएकै दिन प्रहरीले घटनाबारे तथ्य नजिक पुगेको जनाएको छ।
घटनामा संलग्न भएका जोसुकैमाथि कानून बमोजिम कारबाही गरिने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताएका छन् ।
विस्फोटको जिम्मेवारी लिँदै विप्लवु नेतृत्वको नेकपाले जारी गरेको विज्ञप्तिबारे पनि अनुसन्धान गरिरहेको उनले जनाए।
के हो विप्लव नेतृत्वको नेकपा ?
विसं २०६९ को असारमा पुष्पकमल दाहाल प्रचण्डुले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।
पछि वैद्यले नेतृत्व गरेको नेकपा(माओवादी ूक्रान्तिकारी हुन नसकेको भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।
औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दल विप्लव माओवादीका रूपमा चिनिन्छ।
उसले आफूलाई मूलधारको माओवादी पार्टी मान्ने गरेको छ र कुनै पनि निर्वाचनमा सहभागी भएको छैन।
वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरू कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र चन्दा भन्दै जबर्जस्ती आर्थिक सङ्कलन गर्ने काम गर्दै आएको छ।
निर्णायक क्रान्ति गर्ने भन्दै उसले सरकारी पक्षसँग वार्ता गर्न मानेको छैन।
पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ उनीहरूले जनसरकारु को घोषणा पनि गरेका छन्।
प्रतिक्रिया