सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २७, २०७८
|
|
२४ पटक हेरिएको
Shares
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो

सारांश

  • धनगढी।
  • सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिएको छ ।
  • केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

धनगढी। सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिएको छ । केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।
शनिबार धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो । तर, जसपालाई आउट गर्दै अन्य सहयात्री दल अगाडि बढेपछि गठबन्धनबाट बाहिरिएको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताए ।
चौधरीले सुदूरपश्चिममा कुनै गठबन्धन नहुने बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसपाले प्रदेशमा स्थानीय तह निर्वाचनका लागि एक्लै लड्न सक्षम रहेको दाबी गरेको छ । यस्तै आवश्यकताअनुसार अन्य पार्टीसँग मिलेर अगाडि बढ्न जसपा तयार रहेको चौधरीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सभामा समाजवादीका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १२, नेकपा (एमाले)का १० र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन्।[image: jasapa.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
दैलेखमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ को शनाखत
दैलेखमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ को शनाखत
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)
नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)
हमास बन्धक वार्ताका लागि थाई विदेशमन्त्री कतार र इजिप्ट जाने
हमास बन्धक वार्ताका लागि थाई विदेशमन्त्री कतार र इजिप्ट जाने
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
नेपालगञ्जमा ९ जना र पर्सामा १ जना कोरोना संक्रमित थपिए, जम्मा ६९ संक्रमित
शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ : गृहमन्त्री थापा
शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ : गृहमन्त्री थापा
लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

तपाईंले छुटाउनुभयो कि?