घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकार निरीह बनेको छ ।
  • मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा गर्ने अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास नै भारतीय सुरक्षा अधिकारीहरुबाट अमान्य भएपछि नेपाली सञ्चारकर्मीहरुले मोदीको कार्यक्रम नै बहिष्कार गरेका छन् ।

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकार निरीह बनेको छ । मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा गर्ने अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास नै भारतीय सुरक्षा अधिकारीहरुबाट अमान्य भएपछि नेपाली सञ्चारकर्मीहरुले मोदीको कार्यक्रम नै बहिष्कार गरेका छन् ।

परराष्ट्र मन्त्रालयले मोदी जाने स्थलको प्रेस पास वितरण गरेको थियो । उक्त पासलाई मान्यता नदिई भारतीय सुरक्षा अधिकारीले नेपाली एवं अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिलाई राष्ट्रिय सभागृह प्रवेशमा रोकटोक गर्न थालेपछि सञ्चारकर्मीहरु आक्रोशित भएर विरोधमा उत्रिएका हुन् । प्रवेशमा भेदभाव गरेको विरोधमा मोदी आउने सडकमा सञ्चारकर्मीहरुले क्यामेरा “डाउन” गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rameshwori Shrestha

    Good

    Comment Author

    Netra Ghimire

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?