२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव

सारांश

  • काठमाडौं, १३ माघ ।
  • तीन साता लामो चलेको तालिममा नेपाल प्रहरीका डिएसपी रमेश थापा सबैभन्दा उत्कृष्ठ घोषित भएका छन् ।
  • अस्ट्रेलिया प्रहरीले भियतनाममा आयोजना गरेको प्रहरी तालिममा थापा २२ देशका प्रहरीमध्ये उत्कृष्ठ ठहरिएका हुन् ।

काठमाडौं, १३ माघ । तीन साता लामो चलेको तालिममा नेपाल प्रहरीका डिएसपी रमेश थापा सबैभन्दा उत्कृष्ठ घोषित भएका छन् ।

अस्ट्रेलिया प्रहरीले भियतनाममा आयोजना गरेको प्रहरी तालिममा थापा २२ देशका प्रहरीमध्ये उत्कृष्ठ ठहरिएका हुन् ।

उत्कृष्ठ बनेका डिएसपी थापालाई नेपाल प्रहरीले समेत सम्मान गरेको छ । डीएसपी थापा महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन् ।

आयोजित तालिममा उत्कृष्ट बन्दै अवार्ड जितेका डीएसपी थापालाई अस्ट्रेलियाका कार्यवाहक राजदूत ग्राहम मुर्फी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उत्कृष्ट भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

तालिममा सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, श्रीलंकालगायत देशका प्रहरी अधिकृत सहभागी भएका थिए । तालिम अपराध अनुसन्धान, सम्पत्ति शुद्धीकरणलगायत विषयमा केन्द्रित थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?