प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
१७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री भोलि स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
  • उनलका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आज बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्ने छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री भोलि स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनलका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आज बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्ने छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्िष्ट्रय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।

यो पनि पढ्नुस्
एसियाली सुरक्षा र विकासमा चासो दिदै चिनिया राष्ट्रपति

चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ । शनिबार ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित एशियाली मुलुकबीच विश्वास निर्माणका लागि भएको एक सम्मेलनमा उहाँले यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न र सिर्जनात्मकरूपमा एशियाको निर्माण गर्न चीन सधैँ प्रतिवद्ध रहने पनि बताउनुभयो । उहाँले ‘बेल्ट एण्ड रोड कोअपरेसन’ मार्फत बजारलाई थप विश्वशनीय बनाउनका चीनको विशेष पहल भइरहेको पनि उहाँले बताउनुभयो । “एशिया वर्तमान विश्वको सबैभन्दा ठूलो विकासशील जीवनशैली र निश्चित शक्ति रहेको क्षेत्रहरुमध्ये एक हो तर यसले असामान्य आर्थिक विकास, सुरक्षा र प्रशासनका मुद्दाहरू जस्तै चुनौतिहरूको सामना पनि गरिरहेको छ,” राष्ट्रपति सीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१५देखि एशियाली मुलुकले सहयोगको विचार र सहयोग अनुभव आदानप्रदान गरिरहेको तर सम्बन्धित पक्षहरुसँग एशिया पारस्परिक सहयोग तथा विश्वासको प्रक्रियालाई अझ अघि बढाउन पहल गरिनुपर्ने देखिएको छ ।”

एशियाली मुलुकले संयुक्त, मैत्रीपूर्ण,सहयोगात्मक र दीगो भन्ने नयाँ सुरक्षा अवधारणालाई व्यवहारमा उतार्नुपर्ने पनि सीले उक्त अवसरमा बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?