घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !

सारांश

  • हुम्ला १३ असाेज ।
  • हुम्लाको चंखेली गाउँपालिका वडा नं ५ नेप्कामा भदौ ३० गते सुख्खा पहिरोमा परी घाइते भएका बालक बचाउन उनका बुबाले आग्रह गरेका छन ।
  • गाउँ नजिक रहेको ठुलो चट्टान एक्कासी फुटदा चंखेली गाउँपालिका ५ का युकेश तामाङलाइ  गम्भिर चोट लागेको थियो ।

हुम्ला १३ असाेज । हुम्लाको चंखेली गाउँपालिका वडा नं ५ नेप्कामा भदौ ३० गते सुख्खा पहिरोमा परी घाइते भएका बालक बचाउन उनका बुबाले आग्रह गरेका छन ।गाउँ नजिक रहेको ठुलो चट्टान एक्कासी फुटदा चंखेली गाउँपालिका ५ का युकेश तामाङलाइ  गम्भिर चोट लागेको थियो ।
गत भदौ ३० गते सुख्खा पहिरोमापरी चंखेली गाउँपालिका ५ का २१ वर्षीय बसन्ती तामाङ र सोही गाउँकी अनिता तामाङको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनामा घाइते भएका युकेश तामाङको नेपालगञ्जको मेडिकल कलेज बाँकेमा आइसियुमा राखिएको बालकका बुबा प्रेमाछिरिङ्ग तामाङले बताएका छन्। छोरा युकेशको टाउकोमा गहिरो चोट लागेका छ । घरमा आर्थिक स्थिती न्युन रहेको कारण उपचारमा समस्या भएको उनले बताए । छोराको स्वास्थय अवस्था अझै स्थिर नभएको पैसा समेत सकिसकेको अब कसरी उपचार गर्ने होला छोरा उपचार नभएरै मर्न हो की नयाँ पत्रिकासँग भावुक हुदै बताए ।
कर्णाली प्रदेशका पारिवारिक निजी वन संघका संयोजक गोविन्द शाही र सह संयोजक विनोद शाहीको तर्फबाट १० हजार मात्रै सहयोग भएको छ । चंखेली गाउँपालिका ५वडाध्यक्ष भैरब तामाङका अनुसार सरकारी तथा गैहसरकारी संस्थाहरुले हाल सम्म घाइते बालकको लागि उपचारमा सहयोग नभएको बताए ।

कसैले गरेनन सहयोग
सुख्खा पहिरोमा परेका बालक युकेश तामाङ १७ दिनदेखि नेपालगञ्जको मेडिकल कलेजको आइसियु बेडमा रहेका छन् । टाउकोमा गम्भिर चोट लागेका उनको हाल सम्म स्वास्थ्यमा सुधार नआएको घरबाट लिएको पैसा समेत सकिएको उनका बुबा प्रेमाछिरिङ्ग तामाङले दुख व्यक्त गरे । उनले १० हजार मात्रै गोविन्द शाही र विनोद शाहीले सहयोग गरे अरु कसैले पनि सहयोग नगरेको बताए । घाइते भएका बालक युकेश तामाङको लागि परिवारले सहयोगको याचना सबै संघ संस्था दातृ निकायका व्यक्तिलाई अनुरोध गरेका छन ।

हाल सम्म कोही कसैले सहयोग नगर्दा उपचारको लागि प्रयोग गरिएको सिमकोटदेखि नेपालगञ्ज सम्मको हेलिकप्टर भाडा उपचार खर्च तिर्नको लागि आफानो भएभरको जायजेथाले नपुग्ने भएपछि घाइते बालका बुबा पेमाछिरिङ्ग तामाले बताए । छोराको स्वास्थ्य अवस्था सुधारमा नआएपछि नयाँ पत्रिकासँग रुदै सहयोगका लागि हार्दिकताका साथ अनुरोध गरेका छन । सामान्य घरमा खेतीपाती गरेर बल्लतल्ल जिवन धान्दै परिवारका लागि यस्तो आपती आई लाग्ला भन्ने पेमाछिरिङले सोचेको पनि थिएनन । जिवनमा कोही कसैलाई यस्तो दुःख नपरोस कान्छो भाईकी छोरी बिनिता तामाङको काठमाडौमा उपचार भइरहेको छ । गाउँमा मेरै कान्छी मान्जी बसन्ती तामाङको पहिरोमा परी मृत्यु भएको छ कस्तो आपत्ति आइलाग्यो उनले भने ।

सहयोग गर्नका लागि नरजन तामाङको फोन ९८४८२२५३२१ र बुबा पेमाछिरिङ तामाङको फोन ९८४८३८५५१६ मा फोन गरी सहयोग गर्ने सकिने व्यवस्था रहेको छ । सहयोगको लागि देश विदेशमा रहेका मनकारी सबै महानुभावले यसमा सम्पर्क गरी सहयोग गरिदिनु हुनको लागि अनुरोध पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?